सामाजिक सुरक्षा कोषको १७ अर्ब के गर्ने ?

काठमाडौं : सामाजिक सुरक्षा कोषमा जम्मा भएको १६ अर्ब ७९ करोड रुपैयाँ खर्च गर्न नयाँ कानुन बनाइने भएको छ । तलबको एक प्रतिशत कर कट्टा गरि जम्मा गरिएको उक्त रकम परिचालन हुन सकेको छैन । तर, कोषको रकम कर्मचारी दुर्घटनामा पर्दा, अन्य समस्या आए खर्च गर्ने गरी कानुन बन्न लागेको बताइएको छ । कोषका अनुसार सामाजिक सुरक्षा कर वापत् रकमको विवरण प्राप्त भएसम्मको कम्प्युटर इन्ट्री गर्ने कार्य भइरहेको र हाल करिब ३ हजार प्रतिष्ठानको डाटा इन्ट्री गरिएको छ । हालसम्म कोषमा १० लाख श्रमिक तथा कर्मचारी आबद्ध भइसकेका छन् । कोषमा ८३ प्रतिशत सरकारी कर्मचारीको योगदान छ भने १६ प्रतिशत निजी क्षेत्रबाट संकलन हुने गरेको छ । कोषले हाल सामाजिक सुरक्षाका स्किम तयार गरिसकेको छ । ४ वटा समाजिक सुरक्षाका स्किमको कार्यविधि तयार भइसकेको छ । अर्थ मन्त्रालयले काम थाल्न पैसा दिएको पनि छ । तर, ऐन अभावमा काम शुरु हुन नसक्दा त्यो त्यत्तिकै थन्किएको छ । कार्यस्थलमा हुने दुर्घटना, सुत्केरी, औषधोपचार र बेरोजगारी क्षेत्रका लागि सामाजिक सुरक्षासम्बन्धी स्किम तयार भइसकेको कोषले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित