र्‍याडिसनमा एक्सपर्टको एजुकेशन फेयर ,अष्ट्रेलियन शैक्षिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने

expertnew

 काठमाडौं । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक परामर्श प्रदान गरिरहेका संस्थाहरुले विभिन्न समयमा ‘एजुकेशन फेयर’ को आयोजना गरिरहन्छन् । मासिक रुपमा सेमिनारको आयोजान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रालिले पनि बेला–बेलामा ‘एजुकेशन फेयर’को आयोजना गर्दै आइरहेको छ । एक्सपर्टले अष्ट्रेलियामा रहेका विभिन्न शैक्षिक संस्थाहरुको प्रतिनिधिहरुलाई नेपालमा ल्याएर वर्षमा तीन देखि चारवटासम्म फेयरको आयोजना गर्दै आएको छ । एउटै छानामुनी विद्यार्थीहरुलाई सम्बन्धित शैक्षिक संस्थाहरुकै प्रतिनिधिबाट जानकारी गराउनकै लागि मेलाको आयोजना गरिएको बताउनुहुन्छ एक्सपर्टका प्रवन्ध निर्देशक खेमराज संग्रौला ।

  सेप्टेम्बर २९ अर्थात असोज १३ गते शनिबार लाजिम्पाटस्थित होटल -याडिसनमा आयोजना हुने फेयरमा २१ वटा अष्ट्रेलियन शैक्षिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने छ । विद्यार्थीहरुले एकै स्थानबाट सोहि दिन २१ वटा शैक्षिक संस्थाका बारेमा सम्बन्धित व्यक्तिबाट नै जानकारी लिने अवसर पाउने छन् । मेलामा Southern Cross University, Right Australia International college, Excelsia College, KENT Institute, Holmes Institute, Kaplan Business School, UTS Insearch, University Of Wollongong Australia, Torrens University, Flinders University, Western Sydney University लगायतका विश्वविद्यालयहरुको सहभागिता रहने छ ।

 यो शैक्षिक मेलाबाट विद्यार्थीहरुले के–कस्ता लाभ लिन सक्छन् ? भन्ने प्रश्नमा संग्रौला भन्नुहुन्छ–‘पहिलो कुरा यो मेलाबाट विद्यार्थीहरुले पाउने मुख्य कुरा भनेको अष्ट्रेलियाबाट आएका २० वटा भन्दा बढि शैक्षिक संस्थाका बारेमा सम्वन्धित संस्थाका प्रतिनिधिहरुसँग अन्तरकृया गरी अष्ट्रेलिया र त्यहाँको शैक्षिक अवस्थाको बारेमा बुझ्ने अवसर नै हो । जसमा विद्यार्थीहरुले अष्ट्रेलिया कस्तो देश के हो, त्यहाँको शैक्षिक अवस्था कस्तो छ, मैले आफ्नो योग्यता अनुसार कुन शैक्षिक संस्थामा अध्ययन गर्न सक्छु, त्यहाँ गएपछि मैले कस्ता चुनौतीहरुको सामना गर्नुपर्छ, अध्ययन पछिको भविश्य कस्तो छ लगायत सम्पूर्ण विषयको पूर्व जानकारी लिन पाउँछन् ।
दोस्रो कुरा भनेको अष्ट्रेलिया जान कति खर्च लाग्छ, के–कस्ता डकुमेन्ट तयार गर्नुपर्छ, आफ्नो योग्ताताले पुग्छ पुग्दैन, अंग्रेजी लेवल कति चाहिने रहेछ, कुन कोर्ष गर्दा भविश्य उज्ज्वल छ जस्ता विषयको पनि विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श लिन सक्छन् । त्यसैगरी यो मेलाबाट विद्यार्थीहरुले पाउन सक्ने अर्को महत्वपूर्ण कुरा भनेको सम्बन्धित शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग सिधै सम्पर्क हुने हुँदा विद्यार्थीहरुले छात्रबृत्तिको पनि अवसर पाउन सक्नेछन् ।’
गुणस्तरिय शिक्षा र रोजगारीको ग्यारेन्टी नहुँदा  उच्च शिक्षाका लागि नेपालबाट बाहिरिने विद्यार्थीको संख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा संग्रौला भन्नुहुन्छ–‘म आफै कन्सलटेन्सी सञ्चालक हुँ । शिक्षाकै लागि यसरी विद्यार्थी बाहिरिनु राम्रो पक्ष पक्कै होइन । तर, केही समयको परिश्रम, सिप र जाँगरका साथ तिनै विद्यार्थीलाई स्वदेश भित्र्याउन  सकेको खण्डमा भने त्यसले पक्कै पनि हामीलाई नै फाइदा पु-याउँछ ।

 तपाईहरुले कार्यालयबाट दिइने शैक्षिक परामर्श र फेयरमा दिइने परामर्शमा के फरक छ ? भन्ने प्रश्नमा प्रवन्ध निर्देशक संग्रौला भन्नुहुन्छ–‘कार्यालयबाट दिइने र फेयरमा दिइने परामर्शमा धेरै अन्तर छ । कार्यालयमा दिइने परामर्शमा हाम्रा लोकल काउन्सिलरहरुले दिने जानकारी जुन सम्बन्धित शैक्षिक संस्थासँगको समन्वयमा दिइन्छ भने फेयरमा सम्बन्धित शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा विद्यार्थीहरुले कुरा गर्ने अवसर पाउँछन् । जसले विद्यार्थीहरुलाई महत्वपूर्ण सहयोग मिल्नेछ ।’ फेयरमा एक हजार भन्दा बढि विद्यार्थीको सहभागिता हुने विश्वास लिइएको संग्रौला बताउनु हुन्छ ।

 उच्च शिक्षाका लागि बाहिरिने नेपाली विद्यार्थीहरु पहिलो रोजाइमा पर्दै आएको छ अष्ट्रेलिया । अष्ट्रेलियामा सरकारी ४० र निजी ३ गरी ४३ वटा विश्वविद्यालय सञ्चालित छन् । तिनका सम्बन्धन लिएका कलेजमा समेत नेपालबाट विद्यार्थी अध्ययनका लागि जाने गरेका छन् ।  सन् २००३ मा काठमाडौंको पुतलीसडकबाट शुरु भएको एक्सपर्टको नेपालमा मात्रै १९ वटा शाखा विस्तार भइसकेको छ । मोफसलमा रहेका विद्यार्थीहरुको काठमाडौं नै आउनुपर्ने समस्यालाई मध्यनजर गर्दै एक्सपर्टले काठमाडौं बाहिर पनि शाखा विस्तार गरिरहेको छ ।

 शुरुमा अष्टे«लियाको सिड्नीमा स्थापना भएको एक्सपर्टको अष्ट्रेलियामा मात्रै आठ वटा शहरमा शाखा विस्तार भइसकेको छ । अष्ट्रेलियाको सिड्नी, मेलवर्न, व्रिसवेन, एडिलेड, गोल्ड कोष्ट, पारामाट्टा, क्यानबेरा र पर्थमा शाखा कार्यालय छन् । विद्यार्थीहरुको माग र आवश्यकतालाई मध्यनजर गरी स्थानीय स्तरमा समेत शाखा विस्तार गरिएको संग्रौलले बताउनु भयो । एक्सपटको काठमाडौंको महाराजगञ्ज, चितवनको नारायणगढ र रत्ननगर, कावासोती, बुटवल, पोखरा, विर्तामोड, इटहरी, धनगढि, भैरहवा, नेपालगञ्ज, दाङ, हेटौडा, विराटनगरलगायतका मुख्य शहरहरुमा शाखा विस्तार भइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित