मुख्यमन्त्रीले किन देखाए अर्थमन्त्रीसँग यस्तो व्यवहार ?

mukhyamantri

 काठमाडौं। मुख्यमन्त्रीको पदमा बसेको व्यक्तिबाट सर्वसाधारणले कस्तो अपेक्षा गरेका हुन्छन् ? मुख्यतयः विकास, रोजगारी, अनुशासन नै हुन् । तर, प्रदेश ५ का मुख्यमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का इञ्चार्ज शंकर पोखरेलले अनौठो व्यवहार देखाएका छन् ।

 पोखरेलले आफ्नो पदीय दायित्व र हैसियत भुलेर अर्थमन्त्री युवराज खतिवडासँग देखाएको व्यवहारले उनको आलोचना भएको छ । पोखरलका निजी सचिव सरोज रेग्मीद्वारा सार्वजनिक गरिएको भेटघाटको तस्बिरले मुख्यमन्त्री पोखरेल कति घमण्ड र अहंकारी छन् भन्ने देखाएको छ भनेर आलोचना भएको हो । सामाजिक सञ्जालमा देशको अर्थमन्त्रीसँग मुख्यमन्त्री पोखरेल जसरी प्रस्तुत भएका छन्, त्यसले मुख्यमन्त्री पदको गरिमालाई घटाएको चर्चा हुन थालेको छ ।

 सोमबार बिहान आफ्नै निवास कोटेश्वरमा पोखरेलले अर्थमन्त्री खतिवडालाई बोलाएर देखाएको व्यवहारले धेरैको चित्त दुखाएको छ । देशको अर्थमन्त्रीसँग चप्पलसहित अनौपचारिक ड्रेसमा देखिएका मुख्यमन्त्री पोखरेलले पदीय हैसियत विपरितको शैली देखाएको भनेर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

 मुख्यमन्त्री पद व्यक्ति होइन भन्ने कुरा पोखरेलले भुलेका छन् । पोखरेलले अर्थमन्त्री खतिवडालाई साधारण कार्यकर्तालाई जस्तै गरी व्यवहार देखाएका छन् । अर्थमन्त्री देशको सम्मानित व्यक्ति हो । पोखरेलले किन अर्थमन्त्रीसँग यस्तो व्यवहार देखाएका हुन् ? सर्वसाधारणहरूलाई जवाफ दिनुपर्ने आवाज उठेको छ । खतिवडा नेकपाका कार्यकर्ता होलान् । तर, पोखरेलले खतिवडाको अपमान हुने गरेर तस्बिर सार्वजनिक गर्नुलाई धेरैले अपमानका रुपमा लिएका छन् । यूनाइटेड पोस्टबाट 

प्रतिक्रिया

सम्बन्धित