दशैं तिहारलाई लक्षित गरि भक्तपुर प्रहरीले सुरक्ष सतरकता बढाउने

DPO-Bhaktapurअसोज, १३ भक्तपुर
दशैं तिहारलाई लक्षित गरी भक्तपुर प्रहरीले नयाँ सुरक्षा रणनीति अपनाएको छ । दशैं तिहारको अवधिभर सीमा नाका, शक्तिपीठ, सार्वजनिक सवारी साधन, नगरका चोक तथा गल्ली, बैंक तथा वित्तीय संस्था, सुन चाँदी पसल भएका स्थानमा सुरक्षाकर्मी बढी केन्द्रित हुनेछन् । होटल, लज, रेष्टुराँ र पुलहाउस समेत प्रहरीको निगरानीमा रहने छन् ।
शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी रणनीति तय गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
संवेदनशील स्थान तोकेर तालीम प्राप्त कुकुरको समेत परिचालन गर्ने व्यवस्था मिलाएका छौं,’ श्रेष्ठले भने ।
भक्तपुर प्रहरीका अनुसार चोरी तथा लुटपाट नियन्त्रण गर्न ‘२४ घण्टे एम्बुस’ र ग्रामीण क्षेत्रमा मोबाइल तथा पैदल गस्ती गरिने छ । मोटरसाइकल गस्ती, स्ट्राइकिङ, रिजर्भ, सिआरभीको पनि व्यवस्था मिलाइएको छ । त्यसका लागि ५०८ प्रहरी परिचालन गरिने छ । भक्तपुरमा मदिरा सेवन गर्न, जुवातास तथा लंगुरबुर्जा खेल्न पनि निषेध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित