बलात्कारको आरोप लागेका पूर्वएमालेका वडाध्यक्षलाई एसपीको संरक्षण !

nepal_police

 दमौली । नवलपरासी डेढगाउँकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष झकबहादुर कुमाललाई राजनीतिक दबाबमा प्रहरीले जोगाएको खुलासा भएको छ । तत्कालीन एमालेबाट वडाध्यक्षमा विजयी भएका कुमाल बलात्कार मुद्धामा प्रहरीमा लिखित जाहेरी पर्दासमेत पक्राउ परेका छैनन । 

 गत वैशाखमा कुमालले विवाहित महिलालाई बलात्कार गरेका थिए । कुमाल पाँच महिनादेखि गाउँमा घुमफिर गर्दै आएका छन् । घटनालगत्तै कार्यवाहक छाडेर बेपत्ता भएका कुमाल गाउँमै आइरहने भए पनि पक्राउ परेका छैनन् । वडाध्यक्ष कुमालमाथि स्थानीय विवाहिता महिलालाई डेढगाउँबाट फर्कने क्रममा बलात्कार गरेको अभियोग छ ।

 कुमालविरुद्ध पक्राउका लागि नवलपरासी वर्दघाट सुस्तापूर्वको प्रहरीमा उजुरी परेको छ । कुमाल तनहुँ बस्ने भएकाले पक्राउका लागि नलवपरासी प्रहरीले पत्राचार गरेको छ । वडाध्यक्ष कुमाल हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आवद्ध छन् । वडाध्यक्ष कुमाल नियमित घर आउने गर्छन् । रात बस्ने गरे पनि कुमाललाई पक्रन प्रहरीले हिममत देखाएको छैन । पीडित परिवारले सरकारबाट न्याय पाउनेमा आशा मर्दै गएको बताउन थालेको छ । बलात्कृत महिलाका श्रीमान् विदेश रहेका छन् । ती महिलालाई पत्नीकै रुपमा राखेर बलात्कारको जाहेरी फिर्ता गराउन वडाध्यक्षले प्रयास गरेको आफन्तको दाबी छ ।

 त्यसैले पनि महिला असुरक्षाले दमौली बस्न थालेकी हुन् । बलात्कृत महिलालाई वडाध्यक्षले पत्नीका रुपमा स्वीकार गरेर मुद्धाबाट बच्न आफन्तहरूलाई दवाव दिने गरेका छन् । तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले पक्राउको प्रयास भइरहे पनि नभेटिएको वताउने गरेका छन् ।

 तर, एसपी शाहलाई कुमालको बारेमा राम्रोसँग जानकारी भए पनि उनले पक्राउ गर्न आनाकानी गर्दै अाएको आरोप लागेको छ । राजनीतिक दबाबका कारण उनलाई नपक्रेको आरोपसमेत प्रहरीमाथि लाग्ने गरेको छ । प्रदेश सभामा समेत यस विषयमा पटक पटक आवाज उठ्यो ।

 यसअघि केही पटक कुमालको गाउँ पुगेको प्रहरी उनी झुक्याएर भागेकाले पक्रन नसकिएको बताउँदै फर्केको थियो । प्रदेश सभामा गत साता प्रदेशसभा सदस्य सरिता गुरुङले आवाज उठाएपछि उनलाई पक्रन फेरि प्रहरी टोली गाउँ गएको थियो । घटनाको लामो समयसम्म समेत पक्रन नसकिँदा एकातिर पीडित महिलाले असुरक्षा भोगेकी छन् भने अर्कोतिर कानूनी कारबाही अघि बढ्न सकेको छैन । अहिले देशैभर बलात्कारका घटनामा कारबाहीको चर्को दबाब परिरहेका बेला तनहुँमा यति लामो समयसमम पनि दोषी पक्रन नसक्नु दुःखद् भएको प्रदेशसभा सदस्य सरिता गुरुङले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित