४० आना जग्गा अर्कै व्यक्तिलाई नामसारी गर्ने मालपोतका प्रमुख पक्राउ

arrest

 काठमाडौँ । नक्कली कागजपत्र बनाएर बुढानिलकण्ठको ४० आना जग्गा अर्कै व्यक्तिलाई नामसारी गर्ने मालपोत कार्यालय चावहिलका प्रमुख उपसचिव कमलप्रसाद तिमिल्सेना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त गौशालाले कीर्तेगरी एक व्यक्तिको नाममा रहेको जग्गा अर्कैलाई पास गराउने कार्यमा उपसचिव तिम्लिसेनाको संलग्नता देखिएपछि शुक्रबार पक्राउ गरेर म्याद थप गरेको हो ।

उनी गौशाला वृत्तको हिरासतमा छन् । प्रहरीले यसअघि मालपोत कार्यालय चाबहिलका मालपोत अधिकृत खगेन्द्र अर्याल, नासु रन्जनकुमार खरेल, जमुना कुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

बुढानिलकण्ठमा रहेको चन्दनकृष्ण कायस्थको ४० आना जग्गा नक्कली व्यक्तिका नाममा किनबेच भएको थियो । प्रहरीले जमिनको श्रेस्ताको जिम्मा राख्ने, श्रेस्ता तयार पार्ने र रुजु गर्ने कार्यमा संलग्न कर्मचारीलाई पक्राउ गरेको हो ।

नक्कली जग्गाधनी बनेर मालपोतको ढड्डामा समेत दोस्रो व्याक्तिको फोटो टाँस गरेको अनुसन्धानको क्रममा भेटिएको छ । नक्कली चन्दनकृष्ण कायस्थ र श्रीकृष्ण देवकोटाको मुठ भिडाउने, लिखत पास गर्ने कार्यमा सरकारकी कर्मचारीको मिलोमतो देखिएकाले उपसचिव समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित