चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौले चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । दशैं, तिहार, छठ लगायतका चाडपर्वको समयकमा हुनसक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिइएको हो ।
परिसरमा आयोजित पत्रकार सम्मेलनमा चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाई काठमाडौंको जनजीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको काठमाडौं परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए।
लामाका अनुसार विशेष सुरक्षा योजना अन्तर्गत एरिया विभाजन गरेर विभिन्न क्षेत्रमा विशेष प्रहरी टोली खटाएको छ भने पैदल गस्ती ६० जना, साइकल गस्तीमा ३६ जना, मोटरसाइकलमा ३० र भ्यान गस्तीमा २४ जना जनशक्ति परिचालन गरिएको छ।
प्रतिक्रिया