पार्टीभित्र गुटको भेला बढेपछि भ्रमण छोट्याएर प्रचण्ड फिर्ता

pkdahal

 काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद सतहमा आएको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' स्वदेश फर्किएका छन् । पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका प्रचण्ड सोमबार मध्यराति काठमाडौं ओर्लिएका हुन । सिल्क एयरको उडानबाट प्रचण्ड काठमाडौं ओर्लिएको नेकपाका सचिवालय सचिव एवम् सांसद कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । 

प्रचण्डसँगै उनकी पत्नी र साथमा सिंगापुर गएका सबै फिर्ता भएका छन् । सिंगापुरमा सीता दाहालको उपचार भएको थियो । काठमाडौंमा नेकपाभित्र विवाद बढेपछि प्रचण्डले आफ्नो भ्रमण छोट्याएर काठमाडौं आएको स्रोतको भनाइ छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अलग भेला राखेपछि तात्तिएको पार्टीभित्रको राजनीतिलाई मत्थर बनाउन प्रचण्डले आफ्नो सिंगापुर भ्रमण छोट्याएका हुन ।

प्रतिक्रिया

सम्बन्धित