सर्बेन्द्र खनाल आइजीपीबाट हट्ने दिवासपना पुरा हुँदैन

   deauja

 केहि दिन अगाडी राज्य व्यवस्था समितिको बैठकमा गएर नेपाल प्रहरीका आइजीपी सर्बेन्द्र खनालले भनेका थिए -'अनुसन्धानमा लापरवाही गरेको वा अपराधीलाइ सहयोग गरेको पाइएमा प्रहरीका जोसुकै वा जुनसुकै तहका हुन उनीहरुलाइ निलम्बन र वर्खास्त मात्रै हैन जेल सजायँ गर्न पनि पछाडी हटिने छैन ।'

यो उनले लहडमा भनेको पक्कै थिएनन र हैनन् भन्ने बुझ्न आफ्नै मातहत अधिकृतको घटुवा गर्ने उनको विगत स्मरण गर्दा भइहाल्छ ।

आफ्नो आग्रह र कुण्ठालाइ शान्त पार्न जसले जसरि बुझेको वा व्याख्या गरेको भएपनि सर्वेन्द्र खनाल अपराधी र तिनका संरक्षकहरुलाइ कानुनको कठघरामा ल्याउन दृढ प्रतिवद्ध छन , त्यसै हुनाले कतिपय स्थानमा घटना भएको २४ घण्टा भित्रै अपराधमा संलग्नहरु पक्राउ परेको पनि पाइएको छ ।

तर लाग्छ सर्बेन्द्र खनाल आइजीपी भएको मन नपरेका अनि उनको कारणले प्रहरीमा चल्दै आएको प्रशासनिक र व्यवसायिक हालीमुहालीलाइ चुनौती परको ठान्नेहरु रन्थनिएका छन ।

त्यसैले त हचुवाका भरमा, तथ्यहीन समाचारहरु छपाउँदै आइजीपीलाइ कमजोर र अलोकप्रिय बनाउन सकिन्छ कि भन्ने काम भइरहेका छन, नियोजित प्रायोजित खालका समाचारहरु आइरहेका छन ।

तर यहाँ भुल्न नहुने सत्य के हो भने वर्तमान सरकारले सर्बेन्द्र खनाललाइ कुनै सेटिंग गरेर हैन उनको योग्यता, क्षमता अनि देश र जनता प्रतिको उनको निष्ठाकै आधारमा आइजीपी नियुक्त गरेको हो र जे गुणको कारण उनि आइजीपी भएका हुन त्यो वार्करार भएसम्म उनि हटिदिए हुन्थ्यो भन्ने दुखि आत्माहरुको सपना पुरा हुनेछैन ।

देश तस्कर , अपराधी र दलालहरुले चलाएको अवस्था थियो भने सर्बेन्द्र खनाल आइजीपी हुने नै थिएनन ।

तर अहिलेको अवस्था जनताका छोराहरु शासन सत्तामा रहेको अवस्था हो , भ्रष्ट्रचार रहित ढंगले कानुनको शासनलाइ व्यवहारमा पूर्णत अभ्यास गरिने छ भन्ने सिद्धान्तलाइ व्यवहारमा उतारिरहेकाहरुको नेतृत्वमा देश चलेको अवस्था हो त्यसकारण जनताको शान्ति सुरक्षा प्रत्याभूत गराउने काममा बाधक हुने जोसुकै प्रति निर्मम हुने दृढता बोकेको आइजीपी सर्बेन्द्र खनालले आफ्नो कार्यकाल पुरा गर्नेमा कुनै दुविधा राख्न जरुरि छैन ।

नियोजित प्रायोजित तर निराधार समाचार निकालेर आइजीपी सर्बेन्द्र खनाल हट्छन भन्दै अतृप्त आत्माहरुको सपना त धुलिसात हुनेनै छ र त्यसो हुँदै गर्दा नेपाल र नेपालीहरुले थुप्रै अपराधी र तिनका संरक्षकहरुले जेलको कठघराको यात्रा गरेको देख्न पाउनेछन , निर्मला पन्तले मात्रै हैन त्यस्ता क्रुर अपराधको शिकार भएका अरु थुप्रैले न्याय पाउनेछन ।

सवै भन्दा महत्वपूर्ण र सकारात्मक कुरो प्रहरीको विकल्प प्रहरी नै हुने हो र अहिले प्रहरीमा भएका पेशागत धर्म बुझेका व्यवसायिक एआइजीपीहरु आइजीपीको विकल्प बन्न हैन भरपर्दो सहयोगी बन्न दत्तचित्त छन ।

प्रतिक्रिया

सम्बन्धित