नगद सहित भक्तपुरबाट ७ जुवाडे पक्राउ

Juwa
भक्तपुर
दशैं तिहारलाई लक्षित गरी भक्तपुर प्रहरीले नयाँ सुरक्षा रणनीति अपनाएकोसंगै महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–३, बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ वर्षीय जीवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सातै जनालाई रु १ लाख ३० हजारसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।पक्राउ पर्नेमा जीवन शाही, मदनकुमार राजवंशी, विवेक लामा, विक्रम तामाङ, सन्तोष श्रेष्ठ, बलबहादुर खत्री र सुकराम तामाङ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित