एउटा व्यक्तिको स्वार्थमा किन जोडिए प्रधानमन्त्री ?

kppm

 काठमाडौं । कोस्टारिका, क्यारेवियन र नर्थ प्यासेफिक समुद्रबीचको एउटा सानो देश । नेपालसँग दौत्य सम्बन्ध कायम भए पनि त्यति गणनामा नपर्ने मुलुक हो त्यो । न नेपाल र कोस्टारिकाबीच व्यापार सम्बन्ध छ, न त अरू कुनै किसिमको सम्पर्क नै ।

 तर, प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा कोस्टारिका घुम्ने कार्यक्रम तय भएसँगै अनेक प्रश्नचिह्न उठ्न पुगेको छ ।

 नेपालसँग कुनै व्यापारिक र अरू किसिमका सम्बन्ध नभएको कोस्टारिकामा प्रधानमन्त्री ओलीलाई घुमफिर गराउने कार्यमा प्रत्यक्ष रूपमा एउटा व्यक्तिको स्वार्थ जोडिन पुगेको पाइएको छ । ती व्यक्ति हुन्, अमेरिकाका लागि नेपाली राजदूत डा। अर्जुन कार्की । राजदूत कार्कीले प्रधानमन्त्री ओलीसँग आफ्नो सम्बन्ध गाढा र मजबुत तुल्याउन र आफ्ना स्वार्थ पट्याउन कोस्टारिका घुमाउने योजना बनाएको बुझिएको छ ।
प्रधानमन्त्री ओली आइतबार मात्रै संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिन अमेरिका पुगेका हुन् । अमेरिकामा प्रधानमन्त्री ओलीले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्र्युडोसँग भेट गरिसकेका छन् । प्रधानमन्त्री ओलीले बेलायत, स्विट्जरल्यान्ड र कम्बोडियाका प्रधानमन्त्रीहरूसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ । तर, प्रधानमन्त्री ओली कोस्टारिका भने बिहीबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि मात्रै जाने कार्यक्रम तय भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका प्रधानमन्त्री ओलीको प्राथमिकतामा कोस्टारिका पर्नु अचम्म मात्र छैन, कुनै व्यापारिक वा अरू सम्बन्ध नभएको मुलुकलाई किन महत्व दिइयो भन्ने प्रश्नसमेत अहिले उठ्न पुगेको छ । तर, कोस्टारिका घुम्ने कुरामा भने प्रधानमन्त्रीभन्दा पनि राजदूत कार्कीकै स्वार्थ जोडिएको बताइन्छ । प्रधानमन्त्री ओलीलाई कोस्टारिका घुमाएर एकान्तमा आफ्ना कुराहरू राख्ने, चाकडी बजाउने र आफ्ना स्वार्थ पूरा गर्ने उद्देश्यअनुरूप नै कार्कीले कोस्टारिका घुमाउने योजना बनाएको बताइन्छ ।

 प्रधानमन्त्री ओली पनि राजदूत कार्कीको प्रभावमा पर्नुलाई राम्रो मानिएको छैन । किनभने, राजदूत कार्की विवादास्पद व्यक्तिका रूपमा चिनिन्छन् । परराष्ट्र मन्त्रालयमा उनलाई परराष्ट्रको सामान्य प्रणालीसमेत नमान्ने, कुनै पनि कर्मचारीलाई नटेर्ने राजदूतका रूपमा लिने गरिन्छ । राजदूत भएपछि कार्कीले आफ्ना आफन्तहरूलाई अमेरिकाका लागि भिसा लगाइदिनेदेखि राजदूत हुनुपूर्व आफूले सञ्चालन गरेको ग्रामीण पुनर्निर्माण संस्थाका लागि बजेट जुटाउने कामसम्ममा संलग्न रहन थालेको बताइन्छ । विवादास्पद राजदूतका रूपमा चिनिने कार्कीको योजनाअनुरूप प्रधानमन्त्री ओलीले कोस्टारिकाजस्तो देशको भ्रमण गर्नुलाई कूटनीति हिसाबले पनि सकारात्मक मानिएको छैन । (बुधवार )

प्रतिक्रिया

सम्बन्धित