आपराधिक घटनामा संलग्न ९१ जना महाशाखाको नियन्त्रणमा

crimediv

 काठमाडौं । चाडपर्वको मुखमा महानगरिय अपराध महाशाखाले उपत्यकामा प्रहरी सक्रियता बढाएको छ ।  चोरी नियन्त्रणलाई लक्षित गरी भएको सुरक्षा योजनाअन्तर्गत महाशाखाले पछिल्ला तीन दिनमा ९१ जनालाई पक्राउ गरेको जनाएको छ ।

 विभिन्न किमिसका आपराधिक घटनामा संलग्न ९१ जनालाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए । पक्राउ परेका केही व्यक्तिसँग हातहतियार तथा केहीसँग लागुऔषध बरामद भएको छ । महाशाखाले बिहान १० देखि साँझ ६ बजेकोसम्म सादा पोसाकमा गस्ती खटाइएको छ ।

 राति ११ देखि ४ बजेसम्म ‘नाइट एम्बुस डिउटी’मा प्रहरी खटाइएको छ । चोरी र लुटपाट नियन्त्रणमा केन्द्रित भई प्रहरी टोली खटिएको छ । उपत्यकामा धेरैजसो दिउँसोको समयमा ताला लगाइएका घरमा तथा बेलुकी सहकारी संस्था तथा पसलहरूमा चोरी हुने गरेका छन् ।  

प्रतिक्रिया

सम्बन्धित