हुनमन्ते खोला ट्रष्ट पुल उद्घाटन

maheshb

 भक्तपुर। भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने हुनमन्ते खोला ट्रष्ट पुल उद्घाटनका गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका यूवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले हुनमन्ते खोला ट्रष्ट पुल उद्घाटनका गरेका हुन् ।

 हनुमन्ते खोला ट्रष्ट पुल उपभोक्ता समितिको आयोजनामा भएको उद्घाटन कार्यक्रममा सांसद महेश बस्नेतले राजनैतिक आग्रह तथा पूर्वाग्रह भन्दा देश विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।
२९ लाख ३५ हजार लागतमा उक्त पुल निर्माण भएको हो ।

 जसमा जिल्ला समन्वय समितिबाट १३ लाख ६६ हजार चार सय ७७ रुपैया, भक्तपुर नगरपालिकाबाट एक लाख ७७ हजार ५६९ र स्थानीय उपभोक्ताद्वारा ५७ हजार दुई सय ३३ रुपैयाको लागतमा उक्त पुल निर्माण भएको हो ।

 कार्यक्रममा बोल्दै बस्नेतले भक्तपुरमा हुने सडक दुर्घटना दिनानुदिन बढ्दै गइरहेकाले त्यसलाई न्युनिकरण गर्न नदीको करिडोर तथा नदीमा झोलुङ्ग तथा ठूला पुलहरुको विकास अनिवार्य भएको र कोटेश्वर–जडिबुुटीको जामलाई अन्त्य गराउन हनुमन्ते नदी करिडोर तथा मनोहरा नदीको करिडोर निर्माण प्रक्रिया अघि बढेकोले निकट भविष्यमानै जामबाट मुक्त हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित