अन्तर्राष्ट्रिय काभ्रे सेवा समाज गठन

काठमाडौं  : विश्वका विभिन्न देशमा छरिएर रहेका काभ्रेलीहरुलाई एकीकृत गर्ने उद्देश्यले काभ्रेलीहरुले अन्तर्राष्ट्रिय काभ्रे सेवा समाज गठन गरेका छन् । काभ्रेपलाञ्चोकमा जन्मिए पनि हाल विदेशमा रहेका काभ्रेलीहरुलाई एकीकृत गरी ‘हाम्रो काभ्रे राम्रो काभ्रे’ बनाउन पनि समाजको गठन गरिएको हो । राजधानीमा आज काभ्रेलीहरुको भेलाको आयोजना गरी अन्तर्राष्ट्रिय काभ्रे सेवा समाज गठन गरिएको हो । समाजले आर्थिक उन्नतीका साथसाथै सामाजिक कार्य गर्नेछ । भेलाले कपिलदेव थापा(जापान) को संयोजकत्वमा १९ जनाको कार्यसमिति चयन गरेको छ । अवको दुई वर्षभित्र सम्पूर्ण काभ्रेलीहरुलाई एकीकृत गर्ने योजनासहित अघि बढ्ने संयोज थापाले बताए । जपान, कतार, वेल्जियम, कोयरयालगायत ६ वटा देशमा काभ्रे सेवा समाज गठन भइसकेको बताउँदै थापाले अन्य देशहरुमा पनि विस्तारै गठन गरिने जानकारी गराए । कार्यक्रमको उद्घाटन गर्दै उद्योग राज्यमन्त्री रेशम लामाले रेमिट्यान्सले चलेको हाम्रो मुलुकका विषयमा विदेशमा श्रमसँग रगत र पसिना साटिरहेका नेपालीहरुले खोजी गर्नुपर्ने बेला आएको बताए । अन्तर्राष्ट्रिय काभ्रे सेवा समाज गठन हुनु एकदमै राम्रो कार्य भएको भन्दै उनले यहाँभित्र राजनीति नहोस् भन्ने चाहेको तर्क गरे । ‘विचार सबैको एकै नहुन सक्छ, अलग विचार बोक्नेहरुले पनि यहाँ हामी काभ्रेली हौं भन्न सक्नुपर्छ । रेशम लामा प्रमुख अतिथि हुँदै गर्दा अन्य विचार बोकेका सहकर्मीहरु अनुपस्थित हुन राम्रो होइन ।’ उनले भने । नयाँ कार्यसमितिलाई शुभकामना प्रदान गर्दै राज्यमन्त्री लामाले काभ्रेलीहरुलाई एकजुट हुन आग्रह गर्दै विदेशमा बसे पनि जन्मभूमिलाई नविर्सन आग्रह गरे । कार्यक्रममा स्वागत मन्तव्य दिंदै उपसंयोजक समेत रहेका दिपक खरेलले ‘हाम्रो काभ्रे राम्रो काभ्रे’ बनाउन अन्तर्राष्ट्रिय काभ्रे सेवा समाजले महत्वपूर्ण भूमिका खेल्ने बताए । सम्पूर्ण काभ्रेलीहरु एकजुट भई आर्थिक र सामाजिक क्षेत्रमा काम गर्ने पनि उनेल आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेसका काभ्रे जिल्ला सभापति मधु आचार्यले समाजको गठनले काभ्रेली माटो र काभ्रेली मुटुको मिलन भएको बताए । त्यसैगरी पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले छोटो मन्तव्य राख्दै देश फर्केर सामाजिक कार्यमा लाग्न आग्रह गरे । काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले संस्था सञ्चालन कसरी गर्ने भन्ने विषयमा प्रकाश पारेका थिए । सहकार्य गर्न आफू र आप्mनो संस्था तयार रहेको भन्दै उनले अन्तर्राष्ट्रिय काभ्रे सेवा समाजलाई पनि सहकार्य गर्न आग्रह गरे । कपिलदेव थापा(जापान) को संयोजकत्वमा गठन भएको अन्तर्राष्ट्रिय काभ्रे सेवा समाजको कार्यसमितिको उपसंयोजकमा दिपक खरेल(स्पेन) रहेका छन् । सदस्यहरुमा दिनेश उप्रेती(वेल्जियम), जेनकुमार लामा(साउदी अरव), सिताराम तिमिल्सिना(कोरिया), इन्दिरा त्रिपाठी(अमेरिका), दिल लामा(यूएई), सुरेशराज त्रिपाठी(साउदी अरव) रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा चिनिया दुवाल(बेल्जियम), अशोक उप्रेती(इटाली), नन्द ढुंगाना(कतार) शम्भु गौतम(पोर्चुगल), कृष्णचन्द्र सेढाई (अफ्रिका), गणेश लुईंटेल(अष्ट्रेलिया), कमल वाइवा(न्यूजिल्याण्ड), सन्दिप सुदाकर(वेलायत), जय बुढाथोकी(कतार), रुपक लामा तामाङ(जापान), रमेश पाण्डेय(अष्ट्रेलिया) रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित