उपत्यकाका तीन प्रहरी वृत्तका प्रमुख फेरिए, बौद्धमा नरेन्द्र चन्द

dspchange

 काठमाडौं । प्रहरी प्रधान कार्यालयले उपत्यकाका तीन प्रहरी वृत्तका प्रमुख परिवर्तन गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धमा डीएसपी नरेन्द्र चन्दको सरुवा भएको छ भने थानकोटमा डीएसपी कुमार विक्रम थापालाई सरुवा गरिएको छ । त्यस्तै, सातदोबाटो वृत्तमा डीएसपी गौतम मिश्रलाई पठाईएको छ ।

 बौद्धका डीएसपी श्यामकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस काण्डमा निलम्बन गरेपछि रिक्त रहेको थियो । थानकोटका डीएसपी नवरत्न पौडेल युएन मिशनमा जाँदैछन् । सातदोबाटोका डीएसपी विनोद सिलवालको एक बर्ष पुगेको थियो । वृत्तका इञ्चार्ज भएका डीएसपीहरु चन्द, थापा र मिश्र व्यवसायिक प्रहरी अधिकृत हुन ।

प्रतिक्रिया

सम्बन्धित