गौचनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

काठमाडौं । अज्ञात समूहले गोली हानेर हत्या गरेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको पार्थिव शरिरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अनामनगरस्थित महासंघको केन्द्रीय कार्यालय पुगेर कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले गौचनप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । अन्त्येष्टि गर्नु अघि गौचनको पार्थिव शरिरलाई अनामनगरमा राखिएको थियो ।

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, वनमन्त्री विक्रम पाण्डे, कांग्रेस नेता प्रकाशमान सिंह, माओवादी नेतृ पम्फा भुसाल, उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालगायतले गौचनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सरकारले गौचनलाई शहीद घोषणा गर्ने र हत्यारालाई छिट्टै पत्ता लगाएर कारवाही गर्ने प्रतिवद्धता जनाएपछि परिवारका सदस्यले शव बुझेका छन् ।

प्रतिक्रिया

सम्बन्धित