सुन्धारा होटल व्यवसायी संघको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

sundhara hotel

  काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत एमव् छठको उपलक्ष्यमा सुन्धारा होटल व्यवसायी संघले आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गराएको छ । पर्यटन व्यवसायी एवम् समाजसेवी दिल विकासराज भण्डारीको प्रमुख अतित्थ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता भने संघका अध्यक्ष बुद्धि बहादुर बस्नेतले गरेका थिए ।

सुन्धारामा अाज आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तंडुकार, समाजसेवी लालकाजी गुरुङ, जनसेवा प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बु, होटल व्यवसायीलगायतको सहभागिता रहेको संघका महासचिव देवीप्रसाद कँडेलले बताए ।

सो अवसरमा संस्थाको भौतिक पूर्वाधार निर्माणमा उल्लेखनिय योगदान पु¥याएबापत पर्यटन व्यवसायी एवम् समाजसेवी दिल विकासराज भण्डारीलाई कदरपत्र प्रदान गरिएको थियो । त्यसैगरी संस्थाको हक हितमा उल्लेखनिय योगदान पु¥याएवापत महासचिव कँडेल र समाजसेवी गुरुङलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित