अपराध निर्मूल पार्न प्रहरीलार्इ सबैकाे सहयाेग चाहिन्छ : आईजीपी खनाल

igp sarbendra khanal

  काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले संगठनमा बर्दी लगाएका प्रहरी अधिकृत नै अनुसन्धानका विज्ञ रहेको दावी गरेका छन् । अपराधको अनुसन्धानमा कति समय लाग्छ भने तोक्न नसकिने बताउँदै आइजीपी खनालले प्रहरी एक्लैले मात्रै समाजमा अपराध निर्मूल पार्न नसक्ने भन्दै यसमा स्थानीय जनता एवं नागरिकहरुको समेत सहयोग चाहिने स्पष्ट पारे ।

६३ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालेले आयोजना गरेको कार्यक्रममा बोल्दै आईजीपी खनालले भने–‘एक÷दुई जना प्रहरीको असफलतालाई सिंगो संगठनको असफलता भन्न मिल्दैन । संगठनको बर्दी लगाएका प्रहरी अधिकृत नै अनुसन्धानका विज्ञ हुन् । अनुसन्धानको समयसीमा तोक्न सकिँदैन । अनुसन्धानको लागि धैर्यता पनि प्रदर्शन गर्नुपर्छ ।’

सम्बोधनका क्रममा उनले प्रहरीको पीडा पनि सुनाएका थिए । उनले भने–‘माननीय मन्त्रीज्यू, हिमाली भेगमा जाडो सुरु हुँदाखेरि पनि विना ब्यारेक प्रहरी जवानहरुले चिसोमा ड्युटी गरिरहेका छन्।यसरी एउटा मुद्दामा पूरै प्रहरी संगठनलाई जोड्दा इमान्दार समेत हराउँदै जान्छ ।’ उच्च हिमाली गाउँमा भाँडाका घरमा अक्सिजनसमेत अपुग भएको ठाउँमा प्रहरी दत्तचित भएर राष्ट्र सेवामा खटिरहेको भन्दै प्रहरीमाथि आशंका नगर्न खनालले आग्रह गरेका हुन् ।

उनले अघिल्लो वर्ष ९० प्रतिशत अपराधीहरु कानूनी दायरामा आएको तथ्य पनि प्रस्तुत गरे । साथै आईजीपी खनालले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अघि सारेको ८२ बुँदे गृहसुधार कार्ययोजनाका प्रहरीसँग सम्बन्धित बुँदाहरु कार्यान्वयन गरिने पनि बताए । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित