बिवादै बिवादमा फसेको एयर एसिया एक्सको नेपाल उडान बन्द

airsiab

 काठमाडौं । एयर एसिया एक्सको नेपाल उडान आजबाट बन्द भएको छ । यो वायुसेवाले हिजो बेलुका नेपालका लागि अन्तिम उडान गरेको थियो । एयर एसियाले आजबाट औपचारिक रूपमै नेपाल उडान रद्द गरेको छ ।

मलेसियाको बजेट एयरलाइन्स एयर एसिया एक्सले नेपालबाट मलेसिया जाने यात्रु घटेको र आउनेको संख्या पनि कम हुँदै गएकोले कारण आफ्नो पाँच वर्षदेखिको उडान नै बन्द गरेको जानकारी दिएको छ । नेपालमा मलेसियाको क्वालालम्पुरबाट ३ सय जनाभन्दा बढी यात्रुलाई एकैपटक सेवा दिने यो वायुसेवा कामदारको लागि सस्तो वायुसेवा गनिन्थ्यो । नेपालमा ए३३०–२०० सिरिजको जहाजबाट यसले उडान गर्दै आएको थियो ।

साताको पाँच वटा उडान गर्ने र दैनिक १५ सय यात्रुलाई मलेसिया लैजान सक्ने क्षमताको यो जहाज यात्रु नभएको र घाटाकै कारण बन्द भएको उल्लेख छ । यो वायुसेवाले दुई महिनाअगाडि नै नेपाल उडान बन्द गर्ने निर्णय गरेर दिएको जानकारी अनुसार आज शनिबारबाट मलेसिया काठमाडौं उडान बन्द गरेको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

यो वायुसेवाले आज ९असोज २७ गते अर्थात अक्टोबर १३० देखि नेपाल उडान बन्द गर्ने जानकारी यस अघि नै दिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । उनका अनुसार नेपालबाट मलेसिया जाने यात्रु घटेकै कारण उडान बन्द गर्नुपरेको जानकारी यो वायुसेवाले लिखित रूपमै दिएको छ ।

यात्रु अभावकै कारण विगत पाँच महिनादेखि निरन्तर सेवा रहेको वायुसेवाले नेपाल यात्रु आउने जाने उपयुक्त समय भएपनि दसैंको समय पारेर उडान बन्द गरेको हो । वायुसेवाले दुई महिना अगाडि नै नेपालमा गर्दै आएको उडान एक वर्षका लागि रद्द गर्ने निर्णयसहितको पत्र दिएको थियो । एक वर्षपछि हुने यात्रुको अवस्थाका आधारमा पुनः उडान गर्न सक्ने गरी उडान रद्द गरेको उल्लेख छ ।

यो वायुसेवाले उडान तथा अवतरण बापत तिर्नुपर्ने करोडौ शुल्क बाँकी राखेका कारण यो वायुसेवा पछिल्लो समय विवादमा तानिएको थियो । यो वायुसेवाको नेपालमा लागि टिकट विक्रीगर्ने कम्पनी जनरल सेल्स एजेन्ट ९जीएसए० हरिमान लामाको इन्सेन्टिभ टुर्स हो ।

जीएसए कम्पनीले हरेक टिकेटबाट १ प्रतिशत कमिसन पाउने गर्छ । उसले टिकट काटेपछि बुझाउनुपर्ने रकम समयमा नै नबुझाउने र विमानस्थमा तिर्नुपर्ने शुल्क समेत नतिरेर यो वायुसेवालाई विवादमा ल्याएको उल्लेख छ । जीएसए कम्पनीकै वदमासिका कारण यो वायसेवाले नेपाल उडान नै बन्द गर्नुपरेको वताइन्छ ।

यो वायुसेवा नेपाल भित्र्दा पनि जीएएसमै विवाद भएको थियो । ६ वर्ष अगाडि लामाले पनि अर्के ट्राभल कम्पनीले पाएको जीएसए खोसेर आफूले लिन सफल भएका थिए । विमानस्थल स्रोतका अनुसार यो वायुसेवाले एक महिना अगाडिसम्म विमानस्थल कार्यालयलाई तिर्नुपर्ने बक्यौता रकम १७ करोड रुपैयाँ थियो ।

 

प्रतिक्रिया

सम्बन्धित