प्रहरी प्रभाग बलम्वुद्धारा सचेतना कार्यक्रम

police

  काठमाडौं । पछिल्लो समय बालबबालिकाहरु असुरक्षित बन्दै गईरहेको र महिला हिंसा बढ्दै गएपछि नेपाल प्रहरीले पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । महानगरीय प्रहरी प्रभाग, बलम्वुले पनि महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा र सामुदायिक सुरक्षासम्बन्धी विशेष सचेतना अभियान सञ्चालन गरेको छ ।
महिला हिंसाबिरुद्ध खुलेर आवाज उठाउने प्रतिबद्धता स्वरूप शनिबार बलम्बु क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।

बलम्बु प्रहरी प्रभागका प्रमुख सर्मिला गुरुङले नारीको सम्मान घरबाटै शुरु गर्नु पर्ने बताईन् । उनले भननिन–‘छोरी मान्छे भएपछि ठिक ठाउँमा बस्नु पर्छ, बोल्दा, हिड्दा बिचार पुर्याउनु पर्छ है, भन्दै तपाई हाम्रो घरबाटै विभेद शूरु हुन्छ । त्यसैले नारीको सम्मान घरबाटै शुरु गर्नु पर्छ ।’

‘एउटै परिवारमा छोरालाई समाजमा पुरुषबाट सतर्क हुन सिकाइन्छ । तर, छोरालाई नारीको इज्जत गर्न सिकाइन्न । त्यसैले नारी अस्मिताको सम्मान गर्न तपाई हामी आफैबाट शुरु गर्नुपर्छ ।’ –उनले थपिन् । हसना भास्तिपुर सहकारीसंगको सहकार्यमा आयोजित महिला हिंसा बिरुद्धको कार्यक्रममा 'Be a man, Be a mard' भन्ने नारा सहित रातो हस्तछाप संकलन गरि र्यालीको आयोजना समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित