हिमआँधीमा मृत्यु भएका ८ जनाको शव काठमाडौं ल्याइँदै

gurga himal

   काठमाडौं । गुर्जा हिमाल आरोहणमा जाँदा हिमआँधीमा ज्यान गुमाएका ९ जनाको शवलाई म्याग्दीको गुर्जा गाउँ ल्याइएको छ ।आइतबार बिहान सिम्रिक एयरको हेलिकोप्टरमार्फत उनीहरुलाई वेस क्याम्प र त्यहाँबाट गुर्जासम्म ल्याइएको हो । म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणमा जाँदा हिमआँधीमा परी उनीहरुको मृत्यु भएको थियो ।


जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रमुख डिएसपी वीरबहादुर बुढा मगरले भने–‘मृतकमध्ये ६ जनाको शवलाई गुर्जा गाउँमा ल्याइसकिएको छ । अन्य शवलाई पनि ल्याउने क्रम जारी छ ।’

गुर्जा गाउँमा शवको मुचुल्का गर्ने र आजै ८ जनाको शवलाई काठमाडौं पठाइने तयारी गरेको पनि उनले बताए । एक जना म्याग्दीकै भएकाले त्यहीँ जिम्मा लगाइने मगरको भनाई थियो ।

काठमाडौंको ट्रेकिङ क्रयाम्प नेपाल नामक एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए । गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर, उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।

त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले खोजी थालेको थियो ।पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ७ हजार १९३ मिटर अग्लो छ ।

प्रतिक्रिया

सम्बन्धित