यूएईबाट ल्याइएका गोरेका सहयोगी बेनुलाई मोरङ लाने तयारी

gore

  काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती उर्फ गोरेका सहयोगी वेनु श्रेष्ठ पक्राउ परेका छन् । उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ गरिएको हो ।

दुबईबाट पक्राउ परेका श्रेष्ठलाई आइतबार दिउँसो नेपाल ल्याइएको हो । उनी अहिले महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा छन् । प्रहरी स्रोतका अनुसार श्रेष्ठलाई आजै मोरङ जिल्ला अदालतमा हाजिर गराउने तयारी छ । श्रेष्ठमाथि सुन तस्करीमा दुबई बसेर सेटिङ मिलाउने गरेको आरोप छ ।

 

प्रतिक्रिया

सम्बन्धित