महिला प्रहरीमाथि बलात्कारको प्रयास,पक्राउ परे जवान

solution-for-rape

 कपिलवस्तु । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान २१ वर्षीय भरत ओली उक्त आरोपमा पक्राउ परेका हुन्।  आठ दिन अघि भएको उक्त घटना प्रहरीले भने लुकाएको छ ।

 बर्दियाको बासगढी नगरपालिका–५ घर भएका ओलीले आफ्नै सहकर्मी महिला प्रहरीलाई यही असोज २० गते जबरजस्ती प्रयास गरेका थिए । प्रहरी कार्यालय नजिकै बसपार्क क्षेत्रमा डेरामा बस्दै आएकी ३१ वर्षीया महिला प्रहरी जवानलाई ड्युटी सकेर घर जाने क्रममा ओलीले समातोर जबरजस्ती गर्न खोजेका थिए ।

 तर महिला प्रहरीले प्रतिकार गरेपछि ओली भागेका थिए । लगत्तै ती महिला प्रहरीले आफ्नो श्रीमानलाई खबर गरेकी थिइन् । त्यसको भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ओली पक्राउ परको हुन् । (नागरिक)

प्रतिक्रिया

सम्बन्धित