पिङ हाल्ने विषयलाई लिएर धादिङमा झडप ,स्थानीय युवाद्वारा पेस्तोल निकाली फायरिङ

pestoln

 धादिङ । पिङ हाल्ने विषयलाई लिएर धादिङमा स्थानीय युवाबीच विवाद हुँदा झडप भएको छ । झडपका क्रममा पेस्तोल निकाली फायर गरेका एक जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।

 जिल्लाको नेत्रावती डवजोङ गाउँपालिका–२ केउरागाउँमा स्थानीय युवाबीच विवाद हुँदा फायर गरिएको पेस्तोलसहित मार्पाकका २६ वर्षीय विशाल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले उनको साथबाट पेस्तोल, गोली बुलेट राउण्ट २ थान, खोका १, म्याग्जिन १ थान बरामद गरी अनुसन्धान थालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित