ज्यान मार्ने उद्योगका फरार अभियुक्त १४ बर्ष पछि पक्राउ

fararabhiyukta

 काठमाडौ । ज्यान मार्ने उद्योगका एक फरार अभियुक्त १४ बर्ष पछि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले बागलुङ देविस्थान गाविस वडा नम्बर २ घर भएका ३७ वर्षीय हिक्मत हमाललाई लुकीछिपी बसेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले वताए ।

 २०६१ माघ ११ गते साँझ ८ बजे चितवन कठार गाविस वडा नम्बर ४ घर भई काठमाडौँ रानिबारी डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या गरी हमाल भएका थिए । सामाखुशीबाट पक्राउ परेका हमालको आवश्यक अनुसन्धान कार्य भई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित