आईजीपीले लगाइदिए जवानदेखी एआईजीसम्मलाई टिका

igptika

 काठमाडौं । बिजयादशमी २०७५ का अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा प्रहरी जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई शनिबार टीका लगाइदिएका छन् ।

बिजयादशमीका अवसरमा टीका ग्रहण गर्ने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई प्रहरी महानिरीक्षक खनालले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे।

 सो अवसरमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष प्रमीला खनालले समेत सो संघका पदाधिकारी एवम् सदस्यहरु तथा प्रहरी परिवारहरुलाई बिजयादशमीको टीका लगाइदिइन्।

उक्त अवसरमा आईजीपी खनालले प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्कर कार्की र धिरु बस्न्यात लगायत  उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् प्रहरी परिवारलाई टीका लगाइदिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित