यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु

yatrubas

 नवलपरासी । नवलपरासीको अरुणखोला नजिक आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । बसका चालक निदाएका कारण बिहान बस राजमार्गबाट देब्रेतर्फ पल्टिएर दुर्घटना भएको बसका यात्रुहरुले जनाएका छन् ।

 रात्री बसले ५२ यात्रु बोकेको प्रहरीको भनाई छ । दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए । दुर्घटनामा १६ जना घाइते भएका छन् । ती मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित