डिस्ट्रलरीका सुरक्षागार्डमाथि गोली प्रहार

लहान। अज्ञात समूहले आज साँझ सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ ।साँझ ७ बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षागार्ड मोरङको सुन्दर हरैचा नगरपालिका–६ निवासी २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेका हुन् ।

गोली लागेर घाइते भएका सुरक्षागार्ड कोइरालालाई उपचारको लागि लहानस्थित सप्तऋषि नर्सिङहोम पठाइएको इप्रका कडरबोनाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।घटनामा संलग्नहरुको खोजी तीव्र बनाइएको र घटनाबारे अनुसन्धान भइरहेको उनले वताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित