काठमाडौंमा विद्युत्तीय बस सेवाको युगआरम्भ

sajha-bus

काठमाडौं 
उपत्यकाको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ साझा यातायातले काठमाडौंमा विद्युत्तीय बस सेवा शुरू गरेको छ । यातायातले ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको छ । ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन गरेका हुन् ।

चिनियाँ कम्पनीले निर्माण गरेका उक्त विद्युत्तीय बसहरु एडीबीको सहयोगमा संचालन गर्न लागिएका हो । चालकसहित २० सिटको क्षमताका ती बसहरुमा सीसी क्यामेरा जडान गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित