डन मनाङे मनाङबाट प्रदेशसभा सदस्यमा सिफारिस,चक्रे बिदेश भासिए

काठमाडौं । नेकपा एमालेले चर्चित गुण्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मनाङ -१ बाट प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको छ । केही दिन अघि मात्र मनाङेसहितका नेता एमाले प्रबेश गरेका थिए ।

  मनाङे राप्रपाको मनाङ जिल्ला अध्यक्ष थिए । राप्रपाको सिंगो जिल्ला कमिटिसहित उनी एमाले प्रबेश गरेका थिए ।  स्थानिय निर्वाचन अघि निर्वाचन सुरक्षालाई ख्यालमा राखेर प्रहरीले पक्राउ गरेका मनाङे अहिले भने एमाले प्रवेस गरेपछी प्रहरी फन्दाबाट त जोगिए नै तर, त्यो भन्दा अचम्म भने प्रदेशसभा सदस्यको उम्मेदवार बन्न सफल भएका छन् । प्रहरीले पक्राउको सुचीमा राखेका मनाङेलाई एमालेले प्रदेशसभा सदस्यको उम्मेदवार बनाएपछि अब उनलाई प्रहरीले नै सुरक्षा दिनु पर्ने अवस्था आएको छ ।

  काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रविन्द्र धानुक प्रमुख बनेर आए लगत्तै मनाङेका दुस्मन अर्का गुण्डा नाइके मिलन गुरुङ 'चक्रे' पक्राउ परेका थिए । त्यसलगत्तै पक्राउको डरले केही समय विदेश बसेर मनाङे फर्केका थिए। मनाङेलाई पक्राउ नगर्न एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री जनार्दन शर्मालाई आग्रह गरेपछि मनाङे एमालेमा प्रवेस गरेको प्रहरी स्रोत वताउँछ ।

  यता सुरु देखी नै एमालेमा लागेका मिलन चक्रे भने प्रहरीबाट छुटे लगत्तै बिदेश गएका छन् । चक्रे केही समय बिदेश बसेर फर्कने र गोरखामा बाबुराम भट्टराईलाई चुनावमा सघाउने सहमति भएको एमाले स्रोतले वतायो । मनाङे बिगतदेखी नै ठमेल क्षेत्रमा गुण्डागर्दीमा संलग्न रहंदै आएका छन्  । मनाङे पछिल्लो समय जडिबुटी तस्करी, सुन तस्करी देखी ठेक्का पट्टामा संलग्न रहेको प्रहरीमा रेकर्ड छ ।

 

प्रतिक्रिया

सम्बन्धित