भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरी नेपालमा

Sitaram Yachury
काठमाडौं
भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरी नेपाल आएका छन् । नेकपाका बरिष्ठ नेता माधव नेपाल अध्यक्ष रहेको पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गर्न लागेको कार्यक्रममा सम्बोधनका लागि यचुरी काठमाडौं आएका हुन् ।
शुक्रबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा हुने कार्यक्रममा यचुरीले भारतको कम्युनिष्ट आन्दोलनको अनुभवबारे सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित