एनआरएनएको मध्यपूर्व उपसंयोजकमा युवा व्यवसायी प्रविनको उम्मेदवारी

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व उपसंयोजकमा युवा व्यबसायी प्रविन गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । कतारमा बसेर ब्यवसाय गरिरहेका गुरुङले कतारमा झण्डै १२ करोड रुपैयाँ लगानीमा नाईट क्लब, रेष्टुरेन्ट, कन्ट्रक्शन कम्पनी तथा अन्य व्यवसायमा समेत लगानी गरेका छन् ।

 एनआरएनए अभियानमा विगत एक दशकदेखि आफु निरन्तर लागिरहेको बताउँदै गुरुङले आगामी दिनमा थप शसक्त ढंगमा एनआरएन अभियानमा आफूलाई समाहित गराउन नै मध्यपूर्वी उपसंयोजकमा उम्मेदवारी दिएको बताए । ‘प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई एनआरएन अभियान मार्फत देशमा लगानी गर्न र गराउन म अगाडि आएको छुु’ गुरुङले भने ।

  चितवन  गुन्जनगरका गुरुङ विगत सन् २००९ देखि कतारमा व्यवसाय गर्दै आइरहेका छन् । उनी कतारको सफल व्यवसायीको रुपमा परिचित छन् । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहदै कतारका धेरै क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेका उनले खाडीका नेपालीहरुलाई एकवद्ध बनाई अगाडि बढ्नका लागि आफ्नो उम्मेदवारी आजको आवश्यकता रहेको बताएका छन् ।

  गुरुङले सन् २०११ सालमा एनआरएनए कतारको पञ्जिंकृत सदस्यता लिएका थिए । उनी एनआरएनए कतारको २०१५–२०१७ को कार्यकालका लागि निर्विरोध निर्वाचित द्वितीय उपाध्यक्ष हुन् । गुरुङले कतारमा मेहनत र लगनशिलताले राम्रो सफलता पाइरहेका छन् । उनले शाखाहरु सहित २२ वटा कम्पनी कतारमा संचालन गरिरहेका छन् । उनी सन् २००४ मा कामदारको रुपमा कतार गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित