सवारी दुर्घटनामा डिआइजी सहिततीन जनाको मृत्यु

Kavre Accident
बनेपा
सवारी दुर्घटनामा परी काभ्रेपलाञ्चोकमा नेपाल प्रहरीका बहालवाला डिआइजी सहित तीन जनाको मृत्यु भएको छ । काभ्रेको मन्डन देउपुर नगरपालिका स्थित ढकाल थोकमा भएको दुर्घटनामा परि नेपाल प्रहरीका बहालवाला डिआइजी शुशील भण्डारीको मृत्यु भएको छ । डिआइजी भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 
बा ३ प २८७ नम्बरको नीजि गाडीमा ६ जना सवार थिए । डिआइजीसहित मन्डन देउपुर नगरपालिका–४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्कीको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ  । पराजुली रेडियो गौरवमा कार्यरत थिए भने कार्की ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक हुन् । गाडीमा सवार काभ्रेपलाञ्चोक मन्डन देउपुर नगरपालिका धनराज पुरि,चालक पनौती नगरपालिका -५ का प्रदिप बोगटी र काठमाडौ पुरानो बानेश्वरका बिनोद कुमार गौतमको धुलिखेल अस्पतलामा उपचार भइरहेको काभ्रे प्रहरीका एसपी रविराज खड्काले माईन्युजनेपालाई बताए ।

प्रतिक्रिया

सम्बन्धित