आईसीसी विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरीमा

ICC cricket trouphy_1
  काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरीमा सार्वजनिक गरिएको छ । यसअघि शनिबार पोखरामा ट्रफी प्रदर्शन गरिएको ट्रफी भोलि बसन्तुपर लगिने कार्यक्रम छ ।

निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गर्न लागिएको विश्वकप क्रिकेटको ट्रफी नेपालमा पहिलोपटक ल्याइएको हो । आइतबार बिहान नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका हुन् । शुक्रबार नेपाल ल्याइएको ट्रफीलाई ४ दिन नेपालमा राखेर सोमबार भारत लगिने आइसीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित