कात्तिकमै ८ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

cold

  काठमाडौं । कात्तिक महिनाको दोस्रो हप्ताबाट काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दशैं अगाडि सम्म सामान्य चिसो रहेको काठमाडौंमा दशैं लगत्तै चिसो ह्वात्तै बढेको हो ।

यद्यपि दिउँसोको समयमा भने तापक्रम केही बढी छ । महाशाखाले काठमाडौँको अधिकांश तापक्रम आइतबार २५ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरेको छ ।


महाशाखाका अनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम आठ दशमलब शून्य र अधिकतम तापक्रम २५ दशमलब पाँच डिग्री छ । आइतबार सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम शून्य दशमलब सात डिग्री र सबैभन्दा बढी विराटनगरमा १८ दशमलब शून्य डिग्री र अधिकतम तापक्रम ३२ दशमलब पाँच डिग्री सेल्सियस छ ।

 

प्रतिक्रिया

सम्बन्धित