हनुमन्ते नदी सफाई अभियानको प्रगति समिक्ष बैठक सम्पन्न

Hanumante Meeting

भक्तपुर 
हनुमन्ते नदी सफाई अभियानको प्रगति समिक्ष बैठक सम्पन्न भएको छ । नदि सफाई अभियानका प्रमुख सल्लाहाकार एवं प्रतिनिधि सभा सदस्य माननीय महेश वस्नेतज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा बस्नेतले ३५ औ हप्ताको लोकन्थली बुढाथोकी गाँउ,राममन्दिर नजिक नदि सफाई सम्म आईपुग्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यस अभियानलाई सहयोग पुर्याउने सबैमा आभार ब्यक्त गरेका छन् । बैठकलाई सम्बोधन गर्दै वस्नेतले हनुमन्त सफाई अभियानको सफालताका लागि अभियानका बारेमा जनचेता बृद्धि गर्दै सफाईसँगै फोहरको उचित ब्यबस्थापन गर्नुपर्ने बताए । अभियानका संयोजक एवं सुर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाको अध्यक्षतामा आयोजित समिक्ष बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुख ,अभियानका प्रमुख उत्प्रेरक रुद्र पौडेल,गै स स भक्तपुरका अध्यक्ष सोम शर्मा वजगाई, अभियानका सह–संयोजकद्धय अन्जनादेवी मधिकर्मी र जुना वस्नेतले यो अभियानलाई अझ प्रभाबकारी बनाउँनका लागि बिशेष रणनितिक कार्ययोजना बनाएर अघि बढ्नु पर्ने धारण राखेका थिए । बैठकले अभियानलाई व्यवस्थित एवं प्रभावकारी रुपमा सञ्चालन गर्न अभियान सह–संयोजक अन्जनादेवी मधिकर्मीको संयोजकत्वमा जिल्लाका सुरक्षा निकायका तिनै जना प्रमुखहरु आमन्त्रित सदस्य रहने गरि ११ सदस्यीय रणनीतिक कार्ययोजना उपसमिति गठन गर्दै आगामि सफाई कार्यक्रम नयाँ ठिमीबाट बालकोट साविक वडा नं ९० जाने यचु पार्टी प्यालेसको ठिक पछाडी पट्टि रहेको ट्रष्ट पुलको आसपास अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समितिका अध्यक्ष नरेन्दराज वस्नेत ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकमा अभियानका प्रमुख अभियान्ताज्यु लगायत आमन्त्रित व्यक्तित्वहरु उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित