गौचन हत्यामा ठेक्कापट्टाकै समूहले पुन र बस्नेत समुहलाई प्रयोग गरेको आशंका

काठमाडौं । प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको अनुसन्धान गर्न विशेष समिति गठन गरेको छ । बिशेष व्युरोका एसएसपी शेरबहादुर बस्नेतको संयोजकत्वमा गठित समितिमा डीएसपी अजय केसी, अंगुर जिसी र इन्स्पेक्टर दीपेन्द्र अधिकारी सदस्य छन् ।

  घटनाको बिषयमा  अपराध महाशाखा र सीआईबीले  पनि  अनुसन्धान गरेका छन् ।  ठेक्कापट्टामा गुन्डागर्दीको प्रयोग बारे चिन्तित हुँदै आएका गौचनसँग राजधानीका हरेक गुण्डा समुहले पैसा मागेर हैरान पार्दै आएका थिए । गौचन ठेक्कामा लाग्ने गुन्डा समूहबाट 'थ्रेट' मा थिए । करोडौं कारोबार गर्दै आएका गौचनसँग ठेक्कापट्टाकै एउटा समूहले ठूलै आर्थिक ‘डिल’ गरेको र नदिएपछि हत्या गरेको आशंका पनि प्रहरीको छ । त्यसमा मनोज पुन र समिर बस्नेतको समुहलाई प्रयोग गरिएको हुन सक्ने स्रोत वताउँछ ।

   महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार सार्पसुटरु प्रयोग गरेर गौचनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केही दिनदेखि पुनकै समूहले गौचनलाई धम्क्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पुन अहिले भारतमा छन् । नेपाल प्रहरीको टोली दुई पटक भारत पुग्दा पनि उनलाई पक्राउ गर्न नसकेपछि फिर्ता भएको थियो । भारतमा बसेर नेपालमा रहेका ठूला व्यापारीसँग पुनले रकम असुली गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित