समिरमानका सुटरहरु डिल्लीबजार कारागार चलान

sutter

   काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जना अभियुक्तहरु पूर्पक्षका लागि जेल चलान भएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेका उनीहरुलाई आज काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि लागि डिल्लीबजार जेल चलान गरेको हो ।

गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेत समूहका सुटरहरू उदयपुर रौताका अमरबहादुर राना, झापा विर्तामोडका लोप्साङ भनिने सोम तामाङ र काठमाडौ नागार्जुका रोशन बुढाथोकी जेल चलान भएका हुन् । महाशाखाले उनीहरुलाई सोमबार सार्वजनिक गरेको थियो ।

राना, तामाङ र बुढाथोकीमध्ये सुटर राना भने ‘सिरियल किलर’ नै भएको प्रहरीको दावी छ । रानाले गौचन, प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी चरी र काभ्रेली गुण्डा नाइके दाबा लामा माथि समिरमानको निर्देशनमा आफुले नै गोली चलाएको बयान दिएका छन् । त्यस्तै, तामाङले पनि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई आफुले गोली चलाएको बयान दिएका छन् ।लोप्साङ उनै व्यक्ति हुन, जसले दाबा लामामथि आक्रमण हुँदा काठमाडौंका तत्कालिन एसएसपी छबिलाल जोशी ,केही ठेकेदार र क्राइम बिटका केही पत्रकारहरुलाई फोन गरी घटनाको जिम्मा आफ्नो समूहले लिएको भन्दै दाबी गरेका थिए।

भारतमा बसेर समिरमानको निर्देशनमा नेपालमा अपराधको संजाल फैलाएका उनीहरुलाई समिरमानले भनेजजति रकम भने नदिएको उल्लेख गरेका छन् । नेपालमा गुण्डा नाइकेहरु मध्य आफुलाई शक्तिशाली बनाउन र एक छत्र राज चलाउन समिरमानलेले गुण्डा र प्रहरीदेखी व्यापारीहरुलाई निशाना बनाउंदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित