अन्डरवल्र्ड चलाएर धम्की र गोली प्रहार, कहाँ छन् हत्याको जिम्मा लिने पुन ?

काठमाडौं । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन् । माघमा पक्राउ परेलगत्तै उनीहरूले प्रहरीलाई सूचना दिएका थिए, ‘मनोज पुन नेतृत्वमा रहेको हाम्रो समूहले अब काठमाडौं ताक्दै छ ।’ पुनका सहयोगीहरूले दिएको सूचनालाई प्रहरीले सदुपयोग गर्न सकेन । सो समूहमाथि नौ महिनासम्म सार्थक हस्तक्षेप हुन नसक्दा सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या भएको छ ।काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई सो समूहका लोप्साङ तामाङले फोन गरी घटनाको जिम्मेवारी लिइसकेका छन् । केही महिनाअघि दावा लामामाथि गोली हानेको घटनामा पनि उनले फोन गरेर जिम्मेवारी लिएका थिए ।

घटना प्रकृति पनि भारतमा बसेर नेपालमा असुली आतंक मच्चाउँदै आएका मनोज पुनसँग मिल्दछ । सो समूहले केही महिनायता ठूला ठेकेदारहरूलाई धम्क्याउँदै गोली हानेर तर्साउने र पछि पैसा माग्ने गरेको छ । बुटवलमा पनि तिवारीको हत्यापछि व्यापारीहरूलाई धम्क्याउँदै करोडौँ पैसा असुलेका थिए ।सुरक्षाको दृष्टिकोणले गौचनलाई गोली हानी आपराधिक समूहका व्यक्ति सहजै भाग्न सफल हुनु पनि प्रहरीको गम्भीर त्रुटि हो ।

राजधानीको मुख्य क्षेत्रबाटै उनीहरू सहजै भाग्न सफल भए । कतिसम्म भने घटनास्थलमा प्रहरी करिब १५ मिनेटपछि मात्र पुगेको थियो । नजिकै सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको घरको सुरक्षामा खटिएका प्रहरीले पनि आक्रमणकारीलाई पक्राउ गर्न तदारुकता देखाएनन् । प्रहरी संगठनभित्रको चरम राजनीतिले पनि यस्तो घटना जन्माएको प्रहरी अधिकारीहरू बताउँछन् ।आजको नयाँ पत्रीकामा खबर छ

कहाँ छन् पुन ?

प्रहरीको अनुसन्धान पुनतर्फ नै केन्द्रित छ । भारतमा बसेर उनले नेपालमा धम्की र गोली प्रहारको शृंखला चलाउँदै आएका छन् । उनको प्रमुख उद्देश्य नै ‘अन्डर वल्र्ड’ चलाएर पैसा असुल्ने रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । भारतको गोवा, दिल्ली तथा बैंगलोरमा उनी ठाउँ फेरीफेरी बस्दै आएका छन् । इन्टरनेट कल मात्र प्रयोग गर्ने भएकाले उनलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ ।पुनको समूहमा कुनै समय काठमाडौंमै गुन्डागर्दीमा संलग्न समीरमानसिंह बस्नेतसमेत छन् । रसियन युवतीसँग बिहे गरेका उनले भुटानको पासपोर्ट लिइसकेका छन् । उनले ठूलो सञ्जाल बनाइसकेका छन् । बस्नेतलाई पक्राउ गर्न सिआइबीले पटक–पटक विशेष टोली बनाए पनि सफल हुन सकेको छैन । सुरुमा डिएसपी रुगम कुँवर र पछि प्रवीण पोखरेलले अनुसन्धान गरेका थिए । तर, दुवैजनाको बीचमै सरुवा भएपछि अनुसन्धान प्रभावित भएको हो । प्रहरीले नै गम्भीरताका साथ पुनमाथि अनुसन्धान नगर्दा सोमबारको घटना भएको प्रहरी अधिकारीहरू बताउँछन् ।घरबाट निस्किएलगत्तै सडकमा गोली प्रहारघरबाट निस्किएलगत्तै शान्तिनगरको प्रयागमार्ग चोकमा गौचन चढेको बा.१३च ४९४८ नम्बरको गाडीमा गोली प्रहार भएको हो । गाडी उनका चालक कुमार खत्रीले चलाएका थिए । मास्क लगाएका एक व्यक्तिले चालकतर्फको झ्यालमा इँटाले हानेपछि उनले गाडी रोकेका थिए । लगत्तै अर्का युवकले गौचनलाई ताकेर दुई राउन्ड गोली हानेका हुन् । गोली हानेपछि उनीहरू दौडँदै भागेको चालक खत्रीले बताएका छन् ।उपचारका लागि सिभिल अस्पताल पु¥याउने क्रममा उनको मृत्यु भयो । गौचनको मुटु र फोक्सोमा गोली लागेको थियो । पैसा माग्दा नदिएपछि संगठित आपराधिक समूहले उनको हत्या गरेको प्रहरीले जनाएको छ । उनी डाँफे कन्स्ट्रक्सनका सञ्चालक पनि हुन् ।न्यायाधीश बम हत्यापछिको हाइप्रोफाइल हत्यासर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यापछि यो नै राजधानीमा भएको अर्को हाइप्रोफाइल हत्या हो । १८ जेठ २०६९ मा ललितपुरको युएन पार्कनजिकै बमको हत्या भएको थियो । यसबीच आपराधिक समूहबाटै योजनाबद्ध रूपमा हत्या भएको थिएन । यो घटनाले राजधानीको सुरक्षा अवस्था उदांगो बनाइदिएको छ भने सर्वसाधारणले असुरक्षित महसुस गरेका छन् । घटनालगत्तै लामालगायतलाई पनि फोन– गौचनलाई गोली हानेको एक घन्टापछि निर्माण व्यवसायीसमेत रहेका कांग्रेस नेता जिपछिरिङ लामालगायतलाई पनि फोन आएको थियो । सो गोली आफूले हानेको भन्दै फोन गर्नेले एक करोड रकम मागेको लामाले बताए । ‘मलाई नो कल आइडीबाट चारपटक फोन आयो,’ उनले भने, ‘एक करोड रुपैयाँ माग्दै उनीहरूले धम्क्याएका छन् ।’– डेढ महिनाअघि पैसा माग्दै पनि आफूलाई फोन आएको लामाले बताए । लामा, रोशन दाहाल, मुकेश पन्तलगायतका व्यवसायीलाई समेत पैसा माग्दै धम्कीपूर्ण फोन आउने गरेको छ । यो घटनाले देशमा बस्नै डर लागेको लामाले बताए । धम्कीपछि उनले गृहमन्त्री जनार्दन शर्मा र आइजिपी प्रकाश अर्याललाई भेटेर जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित