सिभिल अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न

blod donation

   काठमाडौं । सिभिल अस्पताल प्रशासन र अस्पतालको कर्मचारी यूनियनको संयुक्त आयोजनामा बृहत खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको कर्मचारी यूनियनका अनुसार कार्यक्रममा एक सय २० जनाभन्दा बढिले रक्तदान गरेका छन् ।

विहान १० बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम दिउँसो २ बजेसम्म चलेको थियो । अस्पतालको परिसरमा भएको उक्त रक्तदान कार्यक्रमका प्रमुख अतिथि सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयका सचिव दिनेश थपलिया थिए ।

विगत १० बर्षदेखि अस्पतालले प्रत्येक बर्ष बडादशैं, दीपावली र छठका अबसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको छ । विशेषगरी चाडपर्वका बेला रगतको अभाव पर्ने भएका कारण प्रत्येक बर्ष चाडपर्वको अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको अस्पताल कर्मचारी यूनियनका अध्यक्ष सन्तोष धिमालले बताए ।

प्रतिक्रिया

सम्बन्धित