मि–टू काण्डले खोसियो स्थापितको मन्त्री पद

rasmila and keshab

   काठमाडौँ । प्रदेश नम्बर–३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितलाई मि–टू काण्ड अभिषप सावित भएको छ । आज मुख्यमन्त्री डोरमणी पौडेलले संविधानको धारा १६९ को उपाधार २ को खण्ड (ख) अनुसार मन्त्री स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएसँगै उनको पद बर्खास्तीमा परेको हो ।


बर्खास्तीमा परेका मन्त्री स्थापित र मुख्यमन्त्रीबीच बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकमै चर्काचर्की समेत चलेको थियो । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको गति सुस्त भएको र मन्त्री स्थापितको कार्यशैली पनि ठिक नभएको भन्दै मुख्यमन्त्री पौडेलले बताएपछि बैठकमै चकाचर्की चलेको थियो।

मन्त्री स्थापितमाथि आर्थिक अनियमितता गरेको तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणका काम गर्न ढिलाई गरेको आरोप लगाएर मन्त्री पद खोसिएको बताए पनि मि–टू काण्डकै कारण उनको मन्त्री पद खोसिएको नेकपाका एक नेताले बताए ।

के हो मि टु काण्ड ?
यो यौन हिंसाका विरुद्धमा सामाजिक संजालमा चलाइएको एक अभियान हो । जहाँ पीडितको आवाजलाई विश्वसामु पु¥याएर अरुलाई पनि आफूमाथि भएको दुव्र्यवहारको घटनालाई बाहिर ल्याउन प्रेरित गरेको छ ।

विश्वभरका पीडित महिलाले आफूमाथि भएको हिंसा सामाजिक संजालमार्फत सार्वजनिक गर्दै आएका छन्। ‘मी–टू’ वाक्यको प्रयोग सबैभन्दा पहिले सन् २००६ मा अमेरिकी अधिकारकर्मी तराना बुर्कले गरेकी थिइन्।

समाजमा रहेको यौन हिंसाविरुद्ध जनचेतना जगाउन उनले यौन हिंसापीडित एक युवतीलाई ‘मी–टू’ भन्दै सहानुुभूति दिन यी शब्दहरूको प्रयोग गरेकी थिइन्।

बुर्कपछि यसलाई चर्चित बनाउने काम हलिउड नायिका एलिसा मिलानोले गरिन्। उनले नै आफूमाथि भएका घटना उल्लेख गर्न सबैलाई अनुरोध गर्दै ट्विट गरिन्। उनले ट्विट गरेको २४ घन्टाभित्र विश्वका ४७ लाख मानिसले यसको प्रयोग गरेको पाइयो।

कसरी लाग्यो आरोप ?
सञ्चारकर्मी रश्मिला प्रजापतिले कार्तिक ४ गते आइतबार सामाजिक सञ्जालमार्फत् स्थापित काठमाडौं महानगरपालिकाको मेयर रहेको बेला १५ वर्ष अघि आफूलाई यौन दुर्व्यवहार गरेको भन्दैन आरोप लगाएकी थिइन् । उनले भनेकी छन्–‘नेपाली समाजमा अझै पनि आफ्नो शक्ति र पदको दुरुपयोग गर्ने व्यभिचारी छन् ।’

स्थापितबाट अरु धेरै महिलामाथि पनि यौन उत्पीडन भएको तर, सबैले मुख खोल्न नसकेका उनले बताएकी थिइन्। यस अघि अर्की सञ्चारकर्मी उज्ज्वल महर्जनले पनि स्थापितले राती अबेरसम्म पटकपटक फोन गरेर दुःख दिने गरेको बताएकी थिइन्।

तर, स्थापितले भने आफूमाथि लागेको आरोप झुटो भएको दावी गरेका छन्। उनले आफूले उज्ज्वल महर्जन नचिनेको तर रश्मीला प्रजापति महानगरमा कर्मचारी आफुँ रहँदा ५ दिन मात्र काम गरेको जानकारी दिएका छन् । उहाँ करारको कर्मचारी हुनुहुन्थ्यो ।

करारमा रहँदापनि महानगरको नियम विपरिका काम गरेर आन्दोलन गरेका कारण आन्दोलनको जगबाट हटाइएको । साथै उहाँको भाईपनि कर्मचारी हुनुहुन्थ्यो । नाम मलाई थाहा छैन । उहाँलेपनि गलत कार्य गरेका कारण मैले हटाएको हो । भाईलाई मैले नै हटाए । तर रश्मिलालाई आन्दोलनको सेटल डाउन गर्न नगर प्रशासनले गरेको निर्णय हो ।

प्रतिक्रिया

सम्बन्धित