अन्तराष्ट्रिय रङ्गशालाको कामले तिब्रता पायो, जेष्ठसम्ममा टेण्डर गराउने लक्ष्य : सांसद बस्नेत

Stadium Bhaktaputr

  भक्तपुर . नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा निर्माणको प्रकृयामा अघि बढेको राष्ट्रिय गौरवको आयोजना रंगशालाको टेण्डर आगामी २०७६ जेष्ठसम्ममा टेण्डर गर्ने लक्ष्य राखेर अघि बढेको बताएका छन् । आज प्रस्ताबित अन्तराष्ट्रिय रङ्गशालाको निर्माण स्थलको रुपमा भक्तपुरको सूर्यविनायक नगरपालिका ८ मा रहेको तैडल तथा वडा न्ं ९ को महत गाँउको डोलमा युवा तथा खेलकुद मन्त्रायलयको प्राविधिक सहितको जग्गा छनौट समिति, नापी, मालपोत, भूमिसुधार कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले निरिक्षण गरेको छ ।

अन्तराष्ट्रिय रङ्गशालाको निर्माणले समग्र जिल्लाको गरिमा बढाउँने बताउँदै अवलोकनका क्रममा स्थानीयवासी हरुले फुलमाला बाजा गाजा सहित निरिक्षण टोलिको भब्य स्वागत गरेका थिए । ल्याण्ड पुलिङको माध्यमबाट निर्माण गर्ने प्रतिद्धता सहित सांसद बस्नेत सहित नेकपाको टोलीको रङ्गशाला निर्माणमा बिशेष पहल रहदै आएको छ । 

भक्तपुरमा रंगशाला निर्माण हुनु एक महत्वपूर्ण र गौरवको कुरा रहेको जसका कारण आम भक्तपुरवासीको विकासको चाहना र सबैको भाग्य र भविष्य जोडिएको र ‘राष्ट्रिय गौरवका आयोजनाहरुको विरोध गर्नु नेमकिपाको राजनैतिक विरासता थाम्ने गलत प्रयास जनता जानकार रहेको र अबका दिनमा जनताले विकास विरोधी गतिविधिलाई परास्त गर्दै विकासका कार्यहरु तिव्र गतिमा अघि बढाउने बताए ।’

Stadium 3d final

अवलोकम पश्चात आज नै उक्त स्थानमा रंगशाला तथा कर्वोड हल निर्माण गर्न युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अन्न प्रसाद न्यौपानेको संयोजकत्वमासमिति समेत गठन गरेको छ । समितीमा भक्तपुरका नापी, मालपोत, भूमिसुधारका प्रतिनिधि, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेब थापा, सूनपा वडा नं। ९ का वडाध्यक्ष उपेन्द्र केसी, सूनपा वडा नं। ८ का वडाध्यक्ष किरण थापा, जिल्ला समन्वय समिति भक्तपुरका सदस्य श्रीराम बेन्जु लगायतका सदस्य रहेको समिति गठन गरेको छ ।

समितिले आवश्यकता अनुसार सदस्यता थप गर्दै भक्तपुरको विकासलाई तिव्रता दिने निर्णय गरेको छ ।  नेपाल मजदुर किसान पार्टी  भने भक्तपुरमा कुनै पनि हालतमा रंगशाला निर्माण गर्नु हुँदैन भन्ने पक्षमा रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित