हनुमन्ते खोलामा पुरुषको शव भेटियो

Dead Body 1
भक्तपुर– मध्यपुर थिमि नगरपालिका–४ राधेराधेस्थित हनुमन्ते खोलामा एक पुरुषको शव भेटिएको छ । पहिचान हुन नसकेको मङ्गोलियन अनुहारको अन्दाजी ३२ वर्षीय पुरुषको शव खोलामा भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरले जनाएको छ ।

केही दिनअगाडि नै ती व्यक्तिको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र शवपरीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

त्यसैगरी सोही नगरपालिका–७ नगदेशमा रहेको पाटीमा अचेत अवस्थामा रहेकी एक बेवारिसे महिलाको मृत्यु भएको छ । पाटीमा अचेत अवस्थामा रहेकी पहिचान हुन नसकेकी करिब ६५ वर्षीया महिलालाई प्रहरीले उपचारका लागि भक्तपुर अस्पताल पठाएकामा अस्पतालले वीर अस्पतालमा लैजान सिफारिस गरेको र उपचारकै क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए । रासस

प्रतिक्रिया

सम्बन्धित