श्रीमतीको हत्या गरी फरार युवक पक्राउ

rajkumar_wj2X7b19wh 1
बुटवल– गुल्मीमा श्रीमतीको हत्या गरी फरार युवक पक्राउ परेका छन् ।  श्रीमती सिता नेपालीलाई चरम यातना दिएर हत्या गरेको अभियोगमा दुर्गा नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई मदाने गाउँपालिका ६ पनाहाका धाराचौर गहुँछरे भन्ने ठाउँको जंगलबाट शनिबार पक्राउ गरि आज सार्वाजानिक गरिएको छ । उनलाई पुर्कोटदह इलाका प्रहरी कार्यालयको टोलीले धाराचौर गहँचौर भन्ने स्थानमा रहेको गोठमा लुकेर बसेको अवस्थामा नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।

घटना हुनुअघि सिता तीजमा माईत गएर बुटवल हुँदै घर आएकी थिइन् । घर आएकै दिन साँझ श्रीमानको कुटाईबाट बच्न चार सन्तान लिएर उनी स्थानीय राजकुमार थापाको खाली घरभित्र लुकेर बसेकी थिइन् ।  ‘म काममा गएको थिएँ, साँझ रक्सी पिई घर आएको थिए । घर आउँदा छिमेकीले तिम्री श्रीमती आएकी छन् भनेर थाहा दिएपछि मैले खोज्दै जाँदा त्यस घरमा ढोकामा आग्लो लगाई लुकेर बसेको थाह पाएँ । त्यसपछि सोही घरको ढुङ्गाको छानो हुँदै माथिल्लो तलाको खुल्ला रहेको ढोकाबाट भित्र छिरेर खाली खाटमा चार सन्तानसहित सुतेकी श्रीमतीलाई उठाई घर जाउँ भन्दा नमानेकोले आग्लोले श्रीमतीको टाउको, हात र खुट्टामा हानेपछि उनको मृत्यु भयो, राजकुमारको स्वीकारोक्तिलाई उदृत गर्दै प्रहरी प्रमुख बस्नेतले बताए । ‘राजकुमारले श्रीमतीका विभिन्न भागमा हान्दा उनी कोठाको भुईमा लडेपछि सिता र सानो बच्चालाई छाडेर ३ वटा बच्चासहित राजकुमार घरमा गएर सुतेका थिए ।
उक्त घटनापछि फरार दुर्गा कात्तिक १७ गते राती ११ बजे घरमा गई मकै भटमास भुटेर, कपडा, कराहीसमेत पोको पारी धाराचौर गहुँछरे भन्ने जंगलमा रहेको खाली गोठमा गएर बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित