आगलागीमा परि महिलाको मृत्यु

Fire
काठमाडौं । काठमाडौंमा आगलागीमा परि महिलाको मृत्यु भएको छ । मनहरा नगरपालिका (७ मुलपानी पिपलबोट नजिक जस्ताको टहरामा आइतबार बिहान आगलागी हुँदा सोही ठाउँ बस्ने ५४ वर्षीया सुन्तली कर्माचार्यको जलेर मृत्यु भएको हो ।
त्यैगरी रुपन्देही ओमसतिया गाउँपालिका बस्ने बेकर धुनिया किराना पसलमा आइतबार बिहान बिजुली सर्ट भई आगलागी हुँदा पसलमा रहेको चामल, दाल, बिष्कुट, चाउचाउ लगायतका सामान जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।  स्थानियबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित