एरियल भ्यू हेर्न आठ लाख खर्च, विमानस्थल अध्ययनको बहानामा पूर्व प्रधानमन्त्री र मन्त्रीहरुको रजाई

nepal army

   काठमाडौं । बन फडानीको विषयलाई लिएर विवादमा तानिएको बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पत्याउनै नसकिने अर्को घटना सार्वजनिक भएको छ । विमानस्थल निर्माणका लागि आवश्यकताभन्दा धेरै रूख कटानका लागि अनुमति मागिएको भन्दै वन मन्त्रालयले हालसम्म पर्यटनलाई रूख काट्न अनुमति दिएको छैन।

सोही कारण प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले अध्ययनका लागि पूर्वप्रधानमन्त्री एवम् नेकपाका नेता माधवकुमार नेपाल नेतृत्वमा उपसमिति गठन गरेको छ । तर, उक्त समितिले काम गर्ने भन्दा पनि पैसा पचाउने मात्र काम गरेको प्रष्ट भएको छ ।

सोमबार दिउँसो नेपाली सेनाको हेलिकप्टर लिएर बन फडानीको विषयमा अनुसन्धान गर्न गएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको संसदीय उपसमिति हेलिकप्टरमै दुई घन्टा घुमेर फर्किएपछि उपसमिति माथि नै प्रश्न उब्जिएको छ ।

निरीक्षणमा गएका उपसमितिका एक सदस्यले भने ‘जाँदा फास्ट ट्र्याक हेर्दै गयौँ । निजगढमा घना जंगल देखियो। कतै फडानी गरेको पनि देखियो। तर, गाइड नहुँदा हामीले निर्माण क्षेत्र एकिन गर्न सकेनौं । एरियल भ्यू हेरियो।’

कस्तो अचम्म ? संसदीय उपसमितिका सदस्यसँगै वन मन्त्री शक्ति बस्नेत र पर्यटन मन्त्री रवीन्द्र अधिकारी पनि हेलिकप्टरमा गएका थिए। तर, उक्त टोलीले निर्माण क्षेत्र नै एकिन गर्न नसकेको स्वीकारेपछि हेलीकप्टरका लागि खर्च भएको आठ लाख बालुवामा पानी भएको प्रष्ट हुन्छ । अनुगमनका लागि नेपाली सेनाको एमआई १७ हेलिकप्टर प्रयोग गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित