फसिन्टार योग साधना केन्द्रको प्रथम वार्षिकोत्सव एवं शुभकामना आदान - प्रदान कार्यक्रम सम्पन्न

Patanjali Yog

 

 

भक्तपुर
ध्यान,ज्ञान र निरोगिताको अमृतजल,मातृभूमिको सुगन्ध हाम्रो पातञ्जल भन्ने मुल नारा सहित पातञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुर अन्तरगत चाँगुनारायण–२ स्थित फसिन्टार योग साधना केन्द्रले प्रथम वार्षिकोत्सव एवं शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष वालमुकुन्द सुवालले आजको बदलिदो सामाजिक संरचनाले मानिसलाई तनावमा अस्वस्थकर जीवन बाच्न विवश वनाईरहेको परिवेशमा योग कोशेढुङ्गा सावित हुने बताए । कार्यक्रममा सुवालले अबको विश्वमा प्रत्येक जन–जनमा योग दैनिक जीवनशैली बन्नु पर्ने आवाश्यक भएको विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदीले ध्यान,ज्ञान र निरोगिताको अमृतजलको रुपमा रहेको पातञ्जलमा मातृभूमिको सुगन्ध रहेको विषयमा प्रष्ट पार्दै पातञ्जल योग समितिले थालेको यो अभियानमा सम्पुर्ण राष्ट्रभक्त योगप्रेमीहरुलाई पातञ्जल योग समिति नेपालको छाता मूनि आवद्ध भै योगजागरण अभियानमा सहभागी हुन आग्रह गरेका थिए ।

Patagjali Yog 1_1
कार्यक्रमले उमेशमान मधिकर्मी ज्युको अध्यक्षतामा उपाध्यक्ष सुसिला बुढाथोकी,सचिव पुजा धमला,कोषाध्यक्ष केशव न्यौपाने,सदस्यहरुमा आस्था धमला,विष्णुमाया घिमिरे,निर्मला भुषाल,तुलसीराम पहाडी,कोपिला योगी रहेको ९ सदस्यीय साधना केन्द्र व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको छ भने मनोज केसीको संयोजकत्वमा होम प्र गौतम,रमेशमान मधिकर्मी,राजन श्रेष्ठ सावित्रीदेवी गौतम रहेको सल्लाहकार सहितको कार्यसमिति गठन गरिएको छ ।
पातञ्जल योग समिति नेपालमा आजकै मिति बाट लागु हुने गरि ९ जना योग साधकहरुले आजिवन सदस्यता ग्रहण गर्नु भएको छ । सदस्यता लिनु हुनेमा होम प्रसाद गौतम,श्रृजना मल्ल ठकुरी,सुर्वण न्यौपाने,दुर्गा प्रसाद भुसाल,शुरेस थापा,रन्जिता न्यौपाने,गीता थापा,प्रज्ञा न्यौपाने,शुर्दसन जोशी रहनु भएको छ । कायंआजिवन सदस्यको लागि विधानत प्रत्येकले २५ हजार रकम शूल्क बुझाउनु पर्ने प्रावधान रहेको र पातञ्जल योग समितिमा झण्डै ५० जना भन्दा बढी योग साधकले आजिवन सदस्य बन्ने घोषणा गर्नुभएको पातञ्जल योग समितिका महासचिव एवं प्रचार प्रसार प्रमुख नवराज काफ्लेले जानाकारी गराउनु भएको छ ।
साधना केन्द्र संयोजक उमेशमान मधिकर्मीको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव एवं शुभकामना कार्यक्रममा केन्द्रिय सल्लाहकार संयोजक होम प्रसाद गौतम, केन्द्रिय कोषाध्यक्ष जानुकादेवी भट्टाराई,केन्द्रिय सदस्य गीता प्रसाद नेपाल,केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष योग प्रसाद आचार्य,केन्द्रिय सदस्य सोम प्रसाद प्रधान,समाजसेवी दुर्गा भुसाल,मनोज केसी लगायतले शुभकामना मन्तव्य राख्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित