भक्तपुर कसैको पेवा सम्पती हाईन - सांसद बस्नेत

Mahesh Dai
भक्तपुर
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर कसैको पेवा सम्पती नभई सवै भक्तपुरवासी नागरिकको समान तथा साझा स्थल भएको बताए । भक्तपुर जिल्लाको सूर्यविनायक वडा नं ५ मा सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दिपावली, छठ, नेपाल सम्वत् ११३९ तथा ल्होछार पर्वको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उनले चार वर्ष भक्तपुरलाई समृद्ध बनाउने र देशकै नमुना शहर बनाउँने बताए । कार्यक्रममा सम्बोधन गर्दै सांसद बस्नेतले विकासको नाममा राजनीतिकरण गर्नु नुहुने भन्दै भक्तपुरलाई विभाजित नभई एकतावद्ध बनाउनुपर्नेमा जोड दिए ।उनले आगामी पाँच वर्ष भित्रमा भक्तपुरमा स्मार्ट सिटी निर्माण, सभागृह, प्राणी उद्यान केन्द्र, अन्तराष्ट्रिय रङ्गशाला, वीर अस्पताल लगायतका राष्ट्रिय गौरवका नमुना आयोजनाहरुले पुर्णता पाएरै छाड्ने बताए ।  कार्यक्रममा उनले जनताले आफुलाई दिएको जनमतको अबमुल्यन हुन नदिने र सफा, सुन्दर, पर्यटकिय, धार्मिक, सास्कृतिक, खानेपानी, ढल, सडक लगायतका विकासका पूर्वाधारहरु आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै हनुमन्ते नदी, मनोहरा, अरनीको राजमार्ग तथा सांस्कृतिक सम्पदाहरुको सफाईलाई तिव्र रुपमा अघि बढाइरहेक बताए । भक्तपुरमा पर्यटन प्रबद्धनका लागि आफु गम्भीर गृहकार्यमा रहेको बताउँदै उनले भक्तपुरमा भ्यु टावर, होमस्टे, बन्जीजम्प स्थल, प्याराग्लाइडिङ् स्थलको र्निमाण गर्ने बताए ।

Sashi Dai_1

कार्यक्रममा प्रदेश नं.३ का प्रदेश सांसद शसीजंग थापाले प्रदेश सरकारले आफ्नो कार्यक्षेत्र भित्र पर्ने विकास निर्माणका कार्यहरु अघि बढाइरहेको बताउँदै , उनले जनमतको कदर जनताका बिकास आंकाक्षा पुरा गरेर मात्र हुने बताए । उनले बिकासका कुरामा आफुहरु सधै कटिबद्ध भएर लाग्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित