निर्माण व्यवसयी महासंघका अध्यक्ष गौचनकाे हत्या, बाहुन समूहले गोली चलाएको आशंका

काठमाडौं निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको छ । राजधानीको शान्तिनगरस्थित ॐ शान्ति चोकनजिकै गौचनमाथि गोली प्रहार गरी हत्या गरिएको हो । बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजरमा सवार गौचनमाथि गोली प्रहार भएको हो । उनको गाडी भने ड्राइभरले चलाएका थिए । उनी अगाडि सिटमा थिए । मोटरसाइकलमा आएका हत्याराहरुले ड्राइभर बसेको ठाउँमा ढुंगा र गौचन बसेको ठाउँमा गोली चलाएर भागेका थिए ।  घाइते अवस्थामा गौचनलाई नजिकैको सिभिल अस्पताल लगिए पनि अपराह्न ३ बजेर २६ मिनेटमा मृत घोषणा गरियो। अस्पताल स्रोतका अनुसार एउटा गोली उनको पेटमा लागेको थियो। प्रहरी स्रोतका अनुसार अहिले जेलमा रहेका रमेश बाहुन समूहले गौचनमाथि गोली चलाएको बुझिएको छ । दशैं अगाडि बाहुन समूहले गौचनसँग पैसा माग्दा उनले दिएका थिएनन् । त्यसैको कारण बाहुन समूहका युवाहरु नै गोली चलाएको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रतिक्रिया

सम्बन्धित