गच्छदारलाई उपसभापति बनाएपछि कांग्रसभित्र भूकम्प, शिर्षस्थहरुबाट देउवाको विरोध

nepali congress

  काठमाडौं । सभापति शेरबहादुर देउवाले आगन्तुक नेता विजयकुमार गच्छदार पार्टीको उपसभपातिमा चयन गरेपछि पार्टीभित्र भूकम्प नै गएको छ । २०७४ असोज २९ मा नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलए गराएका गच्छदारलाई कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले उपसभापतिमा मनोनित गरेको हो।

नेपाली कांग्रेस संसदीय दलका उपनेता समेत रहेका गच्छदार ११ वर्षअघि फागुन २०६४ सालमा नेपाली कांग्रेस परित्याग गरी मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए। २०२७ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय गच्छदार सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

गच्छदारलाई उपसभापति बनाउन आफूले राजनीतिक निर्णय गरेको भन्दै सभापति देउवाले गरेको प्रस्तावलाई सर्वसम्मतले पारित गरिएको थियो। तर सभापति देउवाको सो प्रस्तावको प्रक्रियाप्रति बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले असहमति जनाएका छन्।

शिर्षस्थ नेताहरुले नै असहमति जनाउँदा जनाउँदै पनि उपसभापति बन्न सफल गच्छदारका कारण कांग्रेसभित्र भाँडभैलो मच्चिने देखिएको छ । पार्टीभित्रै रहेर राम्रो काम गरिरहेका नेताहरुलाई पाखा लगाए मनलाग्दा आउने र मन नपरे छाड्ने नेतालाई उपसभापति बनाएको भन्दै देउवाको विरोध शुरु भएको छ ।

पौडेलले हतार गच्छदारलाई उपसभापति बनाउनु भन्दा कुनै समितिको सिफारिसमा गर्नु पर्ने प्रतिक्रिया दिएका छन् । यसअघि गच्छदारबाट आएका भातृ संस्थाका १५ जनालाई नेविसंघको केन्द्रीय समितिमा समेटिएको थियो।

त्यस्तै, कांग्रेसले महासमिति बैठकसमेत २८ मंसिरदेखि ३ पुससम्म सार्ने निर्णय गरेको छ। यसअघि भदौमा भएको कांग्रेस केन्द्रीय कार्य समिति बैठकले महासमिति बैठक ५ देखि ९ मंसिरसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो।

बैठकमा बिधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले समितिको प्रतिवेदन करिव ८० प्रतिशत तयार भएकोले महासमिति बैठकअघि पेश गर्ने जानकारी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित